वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको पहलमा अलपत्र महिलाको उद्दार

वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको पहलमा अलपत्र महिलाको उद्दार

कपन अनलाइन

काठमाडौं ,चैत २४।

बुढानिलकण्ठ नगरपालिका बाट अलपत्र परेकी  एक महिलाको उद्दार गरिएको छ।बिगत ३ दिन देखि सडकमा अलपत्र परेकी एक महिलाको विषम परिस्थितिमा पनि बुढानिलकण्ठ वडा नम्बर ३ को पहलमा उद्धार गरिएको  हो ।

उद्धार गर्ने क्रममा बुढानिलकण्ठ ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ ,बुढानिलकण्ठ प्रहरी प्रभागका प्रमुख भुपेन्द्र गिरि,बुढानिलकण्ठ स्वास्थ्य   चौकीका कर्मचारीहरु ,बुढानिलकण्ठ सुधार समाजका  प्रमुख जीवन थापा र फ्रेस नेपाली अन्लाईन न्युजका सम्पादक मनोज सिटौला  पनि उपस्थित रहेका थिए।
ती महिलालाई प्रहरिको बिशेष निगरानीमा नेपाल मानव आश्रम सेवा बालाजु शाखामा पठाएको वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिएका छन ।

तपाइँको प्रतिक्रिया ।