विपद व्यवस्थापनका लागि बुढानिलकण्ठ नगरपालिकालाई केहि सुझाव

विपद व्यवस्थापनका लागि बुढानिलकण्ठ नगरपालिकालाई केहि सुझाव

कपन अनलाइन

काठमाडौं ,चैत २४/बद्रि भट्टराई  

बुढानिलकण्ठ नगरपालिकाज्यू,

विश्वभर फैलिरहको कोरोना भाइरस र यसको प्रकोपलाई परास्त गर्न सबै क्षेत्र र वर्गले आफ्नो आफ्नो स्थानबाट रचनात्मक भुमिका निर्वाह गर्नु आवश्यक छ ।

नेपालको सन्र्दभमा यसले क्रमिक रुपमा संक्रमितहरुको संख्या बढाउदै लगिरहेको अवस्थमा देशको ठुला नगरपालिकाहरु मध्येमा पर्ने यस नगरपालिकामा पनि कोरनो भाइरसको प्रकोप रोक्न तपाई र नगरपालिकाले चालेको कदमहरु प्रति पूर्ण रुपमा समर्थन र सहयोगका लागि प्रतिवद्ध रहेको छु ।

हाल सञ्चालन भइरहेका काम र सम्भावित दुर्घटनाहरुको न्युनिकरणका लागि नगरतह तथा वडा तहबाट अझै यसलाई प्रभावकारी बनाउनका लागि तपशिल बमोजिमका कार्यहरु गर्न सकेको खण्डमा हाम्रो नगरपालिका सुरक्षित र व्यवस्थित नगरपालिका हुन सक्छ भन्ने मलाई लागेको छ ।

वर्तमान अवस्थामा नगरपालिका भित्र विभिन्न राष्ट्र बाट आएका ४९ जनाको हामीले दैनिक ज्वरो मापन गरेका छौ त , उनीहरुको क्वारेन्टाइन ठिक छ वा छैन निगरानी गरेका छौ त ? पक्का पनि यी कार्यहरु सोचे अनुरुप हुन सकिरहरेको छैन । यसका लागि हामीले योजना वनाएर कार्य गर्नु अत्यावश्यक छ ।

यसका लागि निम्न कुरा गर्न सकिन्छ :

१.  करिव १ लाख ४०  हजार जनसंख्या रहेको हाम्रो नगरपालिका श्रोत र साधानले परिपक्क नै रहेका छ । तर्सथ सो जनख्याका आधारमा ३४,०० परिवार यहाँ बसोबास गरेको तथ्याक देखिन्छ । हामीले उक्त संख्याका आधारमा १५० जना स्वास्थकर्मीको परिचालन गर्न सक्यो भने एक जनाको भागमा ६८ परिवार पर्न आउछ ।

उक्त ६८ परिवारको लागि एक ब्लकको निर्माण गर्ने जहाँ स्थानीय स्वयसेवकहरुलाई परिचालन गरेर थप ४ समुह निर्माण गर्ने । त्यो ४ समुहका लागि थप २ स्वयसेवकको परिचालन गर्ने कार्य गरिएमा १५ जनाको एक समुहले नगरपालिका भित्रको स्पष्ट आंकडा दिन सक्छ । जसका लागि १०२० जना स्वयसेवक आवश्यक हुन्छ ।

२. प्रत्येक वडामा स्नात्तकोत्तर तह जनस्वास्थ तथा स्नातक तह जनस्वास्थ र मेडिकल विद्यार्थीहरुको पहिचान गरेर उपलब्ध सख्याका आधारमा स्वयसेवकहरु समेतको सहभागीतामा स्वास्थ प्रोफाइल बनाउन सकिन्छ ।

३. पहिलो चरणको उक्त कार्यक्रमा विदेश बाट आएका,दिर्घ रोग भएका र ६५ वर्ष भन्दा माथिको जनसंख्यालाई पूर्ण रुपमा प्राथमिकता प्रदान गर्ने ।

४. संकलन भइसकेका विवरण तथा पहिचान भइसकेका विदेशबाट आएकाहरुको लागि सेल्फ क्वारेन्टाईन तथा स्वास्थ सुरक्षाका लागि दैनिक अपडेट डाटा राख्ने ।

५. नगरपालिका भित्र रहेका वैदेशिक यात्रा बाट फर्किएकाहरुको पारिवारिक अवस्था हेरर उनिहरुलाई नगरले तयार पारेको क्वारेन्टाईनमा अनिवार्य राख्ने ।

६. यो सरुवा रोग भएको हुँदा अहिले नेपाल सरकारको समेत ध्यान रहेको वैदेशिक यात्रा बाट फर्किएका व्यक्तिहरुको सम्पर्कलाई बलियो पार्न घरवेटी संगको सहकार्य आवश्यक रहने भएकाले तत्काल नगरपालिकामा २० जना स्वयमसेवकहरुलाई २० वटा फोन प्रयोग गर्न लगाएर विवरण संकलन गर्न सकिने ।

७. कोरोना भाइरसको संक्रमण १४ दिन भन्दा पछाडी पनि देखिन सक्ने भएकाले नगरपालिका भित्र अनिवार्य रुपमा एक वडामा खुल्ला स्थानमा हेल्प डेष्टको स्थापना गर्ने , यति कार्य गरेको खण्डमा सुविधा सम्पन्न नगरभएको र हाम्रो नगरपालिका चारै तर्फ बाट अस्पतालहरु सग सहज पहुँच हुने भएकाले सम्भावित लक्षण बोकेका नागरीकहरुलाई समयमा नै चिकित्सकिय परामर्शमा आइसोलेसनमा पनि सहजै राख्न साक्छौ ।

राहत वितरणका सन्र्दभमा गरिब,मजदुर , दैनिक ज्यालादारी सहित राज्यले पहिचान गरेको व्यक्तिहरुलाई राहत वितरणका लागि स्थानीय तहले होम टु होम कार्य गर्न सक्ने अवस्था रहदारहदै पनि हतारमा हामीले फारमहरु वितरण गरेको हुँदा यसले केहि समस्या आउन सक्ने अवस्था त छ नै यसमा पनि राज्यको तहबाट स्थानीय सरकारले तपशिलका कार्यहरु गर्न सकेको खण्डमा राहत वितरण पनि सहज र व्यवस्थित गर्न सकिन्छ ।

१. उपलब्ध फारमहरु मध्ये, जेष्ठ सदस्यहरु, वालबालिकाहरु, एकल महिला भएका परिवारहरुलाई प्रथामिकताका साथ राहत वितरण गर्ने ।

२. राहत वितरणका लागि प्रत्येक घरभेटीको हस्ताक्षर लिइसकेको अवस्थामा सो को अनुगमनका लागि नगरपालिकाले गठन गरेको अनुगमन समितिलाई सक्रिय बनाउने ।

३. सरकारले उल्लेख गरेको बाहेक आवश्यक्ताका आधारमा मात्रै तत व्यक्तिहरुलाई राहत वितरण गर्ने ४. राहतको व्यवस्थापनका लागि एक ब्लक ४० परिवारको संख्या मात्रै लिने जसले गर्दा पाउनेले पाउन सकुन, अनावश्यक रुपमा राज्यबाट लिन खोज्नेहरु प्रक्रियामा नै नआउने बनाउन सकिन्छ । जसका लागि टोल सुधार समिति आफैले ब्लक बनाउन सक्छ ।

५. राहत वितरण गर्दा सकभर घरमा नै सम्भव नभएको खण्डमा निश्चित दुरी राखेर ४० भन्दा बढि परिवारलाई एकै स्थानबाट एकै समयमा खाद्यन्न वितरण नगर्ने।

६. नगरपालिका लाई नगद सहयोग गर्न चाहेनालाई बैक खातमा र राहत सहयोग गर्न चाहनेलाई सरकारले तय गरेको मापदण्डका आधारमा तोकिएको ब्लक तथा टोल सुधार समितिमा सम्पर्क गराउने , जसका कारण सहयोग पनि पाउन पर्नेले नै पाउनेछन भने, सहयोगी दाताहरुलाई पनि सन्तुष्टि मिल्ने छ । यसले हाम्रो एकतालाई थप मजबुत पार्दछ।

७. राहत वितरणका क्रममा हुलहुज्जत हुने विवाद समेत हुन सक्ने भएकाले सुरक्षा निकाए संग समन्वय गरेर योजना छलफल, कार्यान्वयन र समिक्षा तह सम्म सबैलाई राख्ने ।

उल्लेखित कार्यहरुलाई चुस्तदुरुस्त बनाई कार्य गर्न सक्ने क्षमता भएका सबै तहहरु बुढानिलकण्ठ नगरपालिका भित्र रहेको हुँदा स्थानीय सरकारले जनता र समाज प्रतिको जिम्मेवारीमा फराकिलो भएर नेतृत्व लिन सकोस । हामी स्वास्थ संग भन्दा राहत र खाद्यन्नको तयारीमा बढि समय खर्चिदा प्रकोप र महामरी एकै पटक आउन सक्छ , यसमा जिम्मेवार तह नै बढि भन्दा बढि सक्रिय हुनु जरुरी छ ।

तपाइँको प्रतिक्रिया ।