सांसद कुसुम कुमार कार्की द्वारा बुढानिलकण्ठका चार वडामा प्रकोप नियन्त्रण तयारीको अनुगमन

सांसद कुसुम कुमार कार्की द्वारा बुढानिलकण्ठका चार वडामा प्रकोप नियन्त्रण तयारीको अनुगमन

कपन अनलाइन

काठमाडौं ,चैत २४।

काठमाडौं क्षेत्र नं ४ (२) बाट निर्वाचित बागमती प्रदेस सभाका सदस्य कुसुम कुमार कार्कीले बुढानिलकण्ठ नगरपालिका वडा नं ९ ,१० ,११ र १२ मा लकडाउन र प्रकोप रोकथाम तथा नियन्त्रणका लागि गरिएको तयारीको अनुगमन गरेका छन।

बुढानिलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराई ,नेकपा जिल्ला कमिटि सदस्य धुर्वराज न्यौपाने र वडा नं १० का सदस्य चन्द्रमान श्रेष्ठ सहित प्रदेस सभा कार्कीले ति वडाहरुमा भएको राहत वितरण ,स्वास्थ्य जांच ,सचेतना लगायतका विषयका वारेमा जानकारी लिएको थियो।

बागमती प्रदेस सरकारको प्रत्यक्ष निर्वाचित प्रदेस सभा सदस्यको संयोजनमा विपद व्यवस्थापन र प्रकोप नियन्त्रण कार्यको अनुगमन गर्ने क्रममा प्रदेस सभा सदस्य कार्कीले जनप्रतिनिधि र स्थानीय जनता संग  पनि छलफल गरेका थिए।

साथै सो अवसरमा  विषम परिस्थितिमा सम्पूर्ण जोखिम व्यवस्थापनको जिम्मेवारी वडाहरुमा आएकोले त्यसमा प्रदेस सरकार र अपह्नो तर्फ बाट हुन् सक्ने सहयोगका वारेमा वडा अध्यक्षहरु संग छलफल तथा अनुगमन समिति निर्माणको वारेमा पनि छलफल गरिएको थियो।

 

 

तपाइँको प्रतिक्रिया ।