लकडाउनको मौका छोपी भिमफेदी–कुलेखानी सडक विस्तार

लकडाउनको मौका छोपी भिमफेदी–कुलेखानी सडक विस्तार

कपन अनलाइन ।

बागमती प्रदेस सरकारले लकडाउनमा पनि  मकवानपुरको भिमफेदी–कुलेखानी सडक निर्माणको काम जारि राखेको छ  ।

बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भने कुलेखानी – भीमफेदी सडकखण्डको निर्माण तथा मर्मत गरेर समयको सदुपयोग गर्ने जनाएको छ ।

मन्त्रालयले एक ठेकेदार कम्पनीलाई ३२ करोडको लागतमा १५।५ किलोमिटर सडक निर्माण गर्ने स्वीकृती दिएको हो ।मन्त्रालयका सचिव तेजराज भट्टले भीमफेदीदेखि देउरालीसम्म ८ किलोमिटरमा १५ करोड र देउरालीदेखि कुलेखानीसम्म ७।५ किलोमिटरमा १७ करोड लागत छुट्याएर काम थालनी गर्न ठेकेदार कम्पनीलाई अनुमति दिइएको जानकारी दिएका छन।

 उक्त सडक निर्माण तथा मर्मतमा खटिने प्राविधिक मजदुर वा अन्य जनशक्ति सबैलाई सुरक्षाको उपाय अपनाउन निर्देशन दिएको र ति उपाय अपनाउदै काम अगाडी बढेको बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयालले बताए।

फुयालले पञ्जा,स्यानीटाईजर,बुट ,सूरक्षाउपाय अपनाएर ५ ठाँउबाट सडक बिस्तारमा जुटेकाे र  कठिन भूगाेल र भूबनौटमा काम जारी छ ।अब केहि समयमै भैसेबाट २ घण्टा बल्खु आउन सकिने गरी काम गरिरहेको जानकारी दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।