गोकर्णेश्वर नगरपालिका वडा नं ९ले घर घरमा राहत सामग्री पुर्याउने

गोकर्णेश्वर नगरपालिका वडा नं ९ले घर घरमा राहत सामग्री पुर्याउने

कपन अनलाइन

काठमाडौँ, चैत्र २४।  गोकर्णेश्वर नगरपालिका वडा नं ९ ले अर्को सुचना जारी नभए सम्मको लागि राहत वितरण कार्यक्रम स्थगित गरेको छ।  वडाले आज बाट बिभिन्न ४ वटा स्थान बाट राहत वितरण  गर्ने भनिएता पनि  कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाइ फैलन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले जारि गरेको लक डाउन बाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहेको ,मानिसहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन रोक  लगाइएको अवस्थामा गोकर्णेश्वर नगरपालिकामा ९ मा  बसोबास गर्ने असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, असहाय र अति बिपन्न परिवारलाइ  गर्ने भनिएको  राहत वितरण कार्यक्रम हाललाइ स्थगित गरिएको वडा अध्यक्ष राजिब थापाले कपन अनलाइनलाइ बताए ।

 उनले आज बाट वडाका  विभिन्न ०४ स्थान मा ११ बजे देखि राखिएको राहत वितरण कार्यक्रममा भिड भाड हुने र कोरोना संक्रमण फैलिने परिस्थिति आउन सक्ने जोखिमलाई ख्याल गर्दै नेपाल सरकारको निर्देशन अनुसार भिडभाड नहुने गरि सक्कली समस्यामा परेका व्यक्ति/परिवारहरुको पहिचान गरि घर-घर मा गई राहत बितरण गर्ने  जानकारी गराउदै हाल लाइ वडाका बिभिन्न स्थान बाट वितरण गर्ने भनिएको राहत सामग्री  स्थगित गरिएको प्रष्ट पारे ।

तपाइँको प्रतिक्रिया ।