गोकर्णेश्वर नगरपालिका वडा नं ६ गैरीगाउमा राहत वितरण

गोकर्णेश्वर नगरपालिका वडा नं ६ गैरीगाउमा राहत वितरण

कपन अनलाइन

काठमाडौँ, चैत्र २४। गोकर्णेश्वर नगरपालिका वडा नं ६ गैरीगाउ जोरपाटीमा आइतबार  राहत वितरण गरिएको छ ।

वडा अध्यक्ष रमेश अर्यालको सक्रियतामा  तथा समन्वयमा women foundationकि रेनु शर्मा द्वारा प्रदान गरिएको  राहत सामग्री वडाअध्यक्ष रमेश अर्याल  सहित  वडा सदस्यहरु, सहयोगी दाता  एबम समाज सेवीहरुको उपस्थितिमा  वितरण गरिएको हो  ।

 कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाइ फैलन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले जारि गरेको लक डाउन बाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहेको ,मानिसहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन रोक  लगाइएको अवस्थामा गोकर्णेश्वर नगरपालिकामा ६ मा  बसोबास गर्ने असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, असहाय र अति बिपन्न परिवारलाइ  राहत वितरण  गरिएको थियो   ।करिब २ सय परिवारलाई चामल, नुन, तेल लगायतका सामग्री वितरण गरिएको थियो।

राहत वितरण कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्यालले संकटको घडीमा सहयोग गर्ने सहयोगी दातालाइ धन्यबाद दिदै गोकर्णेश्वर नगरपालिका वडा नं ६ भित्र बसोबास गर्ने अति बिपन्न परिवारलाइ सहयोगी दाताहरु प्राप्त राहत वितरण गर्दै आएको बताए।  उनलाई आइतबार नै  गोकर्णेश्वर नगरपालिका वडा नं ६ का नया बस्ति लगायतको क्षेत्रमा राहत वितरण गरिएको पनि जानकारी गराउदै लक डाउनका कारण हात मुख जोर्न समस्या भएकाहरुको पहिचान गरि राहत वितरण गरिने बताए।

उनले राहत वितरण पहिलो चरणमा दैनिक मजदुरी गरि खाने अति भन्दा अति बिपन्न बर्गका पिडितहरुले मात्र पाउने जानकारी गराए । उनले यस असहज परिस्थितिमा असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग,असहाय र अति बिपन्न परिवारबाहेकका ब्यक्तिहरुले राहत सामग्री नबुझ्न पनि अनुरोध गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।