साँखुको उग्रतारा बज्रयोगिनी जात्रा यस वर्ष स्थगित
कपन अनलाइन
काठमाडौँ, चैत्र २३ । परापुर्बकालदेखी चलिआएको साँखु को श्री उग्रतारा बज्रयोगिनी जात्रा यस बर्ष नहुने भएको छ। २६ गतेदेखि शुरु हुने भनिएको उक्त जात्रा विश्वभरी फैलिएको कोरोना भाइरस र यसले ल्याउन सक्ने महामारीलाई ध्यानमा राखी सरकारले गरेको लकडाउनको कारण शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठको अध्यक्षतामा चैत्र १९ गते बसेको सरोकारवालाहरुको बैठकले गरेको निर्णय अनुसार नगरपालिकाले बिज्ञप्ति जारी गरि उक्त कुराको जानकारी दिएको हो ।

बैठकमा शंखरापुर नगरपालिकाका प्रमुख सुबर्ण श्रेष्ठ ,उप मेयर शुक्र लक्ष्मी श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा , ईलाका प्रशासन कार्यालय साँखुका प्रमुख खुमकान्त आचार्य , महानगरीय प्रहरी प्रभाग साँखुका प्रमुख गोबिन्द पन्थी , वडा न ८ का वडा अध्यक्ष एबम नगर प्रबक्ता हितमान तामाङ , वडा न ७ वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ उपस्थित रहेका थिए ।त्यसै गरी जात्रा ब्यवस्थापन समितिका संयोजक मिजेन्द्र काजी श्रेष्ठ तथा पदाधिकारीहरु , पुजारी बज्राचार्यहरु नेकपाका क्षेत्रिय इन्चार्ज बुधभक्त चित्रकार, जिल्ला सद्स्य लक्ष्मी प्रसाद श्रेष्ठ , नगर अध्यक्ष निरज के. सि. , नेपाली काङ्ग्रेसका जिल्ला सदस्य जीवन श्रेष्ठ, राप्रपाका जिल्ला सदस्य रमेश नापित , नगर अध्यक्ष गोबिन्द प्रसाद श्रेष्ठ लगायत स्थानीयबासिहरुको समेत उपस्थिति रहेको थियो ।
बैठकमा मेयर श्रेष्ठले कोरोना भाइरस बारे सचेत हुनु जरुरी भएको र नेपालमा संक्रमितको संख्या बढी हुँदै गएको अबस्थामा जात्रा गर्नु उपयुक्त नहुने बताए । अन्यत्रको जात्राहरु पनि धमाधम स्थगित भएको र नगरबासिको स्वास्थ्यलाई समेत ख्याल राख्नको लागि पनि यस्तो विषम परिस्थितिमा कुनै जोखिम लिन नहुने बताए । बज्राचार्यहरुले गर्नु पर्ने अति आवश्यक पुजा सावधानी पुर्बक गर्ने र जात्रा हुन नसक्ने भएकोले जात्रा ब्यबस्थापन समितिले क्षमा पुजा लगायत कामहरु मात्र गर्नु पर्ने बताएका थिए ।
जात्राको लागि माइघरको सरसफाइ बाहेक लकडाउनको कारण अन्य तयारी गर्न नसकेको जात्रा ब्यबस्थापन समितिका संयोजक मिजेन्द्र काजी श्रेष्ठले बैठकमा जानकारी गराउदै ।हाललाई लकडाउनको समय चैत्र २५ गते सम्म तोकिए पनि समय थप हुन सक्ने सम्भावना रहेकोले २६ गतेदेखि शुरु हुने जात्रा गर्न बाताबरण अनुकुल नभएको बताए । गुठी संस्थान र स्थानीय प्रशासनले जात्रा गर्नु उपयुक्त नहुने सुझाव दिएको र साँखुबासी को सार्बजनिक भेलाले समेत चैत्र २१ गते सम्म पर्ख र हेरको अबस्थामा रहन सुझाव आएता पनि लकडाउन को कारण जात्राको तयारी लगायतका काम गर्न नसकिएको जानकारी गराए । खट मर्मत देखि आवश्यक अन्य बिभिन्न कामहरू पनि बाँकि नै रहेको र प्रतिकुल अवस्थाका कारण बाँकि तयारी गर्न नसक्ने उनले बैठकमा जानकारी गराए ।
महानगरीय प्रहरी प्रभाग साँखुका प्रमुख प्रहरी निरीक्षक गोबिन्द पन्थीले एक जना ब्यक्ति मात्र संक्रमित भएपनि तेसले हजारौंमा सर्न सक्ने भएकोले जोखिम नलिन आग्रह गर्दै कोरोना बारे साबधानी अपनाउन आग्रह गरेका थिए । भिडभाड हुने कुनै गतिविधि गर्न नदिन सरकारले भनेको हुँदा जनताले पनि संयम भएर पालाना गर्नुपर्ने र कोरोना भाइरस बारे सतर्क हुनु पर्ने बताए ।
फोटो शंखरापुर न्युज
