शंखरापुर नगरपालिकका सबै जनप्रतिनिधिहरुको एक महिनाको भत्ता नगरपालिका द्वारा स्थापना गरिएको विपद व्यवस्थापन राहत कोषमा जम्मा

शंखरापुर नगरपालिकका सबै जनप्रतिनिधिहरुको एक महिनाको भत्ता  नगरपालिका द्वारा स्थापना गरिएको विपद व्यवस्थापन राहत कोषमा जम्मा

कपन अनलाइन

काठमाडौँ, चैत्र २३ ।शंखरापुर नगरपालिकका सबै जनप्रतिनिधिहरुले नगरपालिका द्वारा स्थापना गरिएको विपद व्यवस्थापन राहत कोषमा एक महिनाको भत्ता जम्मा गरेका छन्।  सबैको गरेर एकमुष्ठ  ५ लाख ५० हजार उक्त कोषमा दाखिला गरेको  नगर प्रमुख सुवर्ण श्रेष्ठले बताएका छन् । शंखरापुर नगरपालिकका प्रमुख  सुबर्ण श्रेष्ठ, उप प्रमुख  शुक्र लक्ष्मी श्रेष्ठ लगायत सबै वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु र वडा सदस्यहरु सबैको एक महिनाको तलब भत्ता नगरपालिका द्वारा स्थापना गरिएको बिपद ब्यवस्थापन राहत कोषमा जम्मा गरिएको हो ।

त्यसै गरि उक्त कोषमा शनिबार  पनि रकम जम्मा गर्ने क्रम जारी रहेको छ। नगरपालिका स्रोतले दिएको जानकारी अनुसार साँखु शालिनदी यातायात प्रा. लि. बाट रु ५१ हजार, साँखु जसिज बाट ३० हजार, वेभ सहकारी बाट १५ हजार,नेकपा शंखरापुर नगर कमिती अध्यक्ष निरज के सि बाट ७ हजार ५ सय,श्रीजनशिल महिला समुह बाट ५ हजार ५ सय,दिपेश थापा बाट ५ हजार र सलम्बुटार निबासी उत्तम कार्की बाट ५ हजार, रुपैया जम्मा गरेका छन |शनिबार नै मारवाडी सेवा समिती नेपालले १३५ पोका खाद्यान्न सामग्री शंखरापुर नगरपालिकाकालाई राहत बितरण को लागि  हस्तान्तरण  समेत गरेका छन्  ।

फोटो :शंखरापुर न्युज

तपाइँको प्रतिक्रिया ।