बिगुटार विकास फाउन्डेसन द्वारा असाहय बालबालिकाहरुलाई खाद्यान्न सहयोग

बिगुटार विकास फाउन्डेसन द्वारा असाहय बालबालिकाहरुलाई खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं चैत्र २२।  बुढानिलकण्ठ नगरपालिका वडा नं १२ कपनमा  असाहाय   बालबालिकाहरुलाई आश्रय प्रदान गरिरहेको द टुविन अटर्स  फाउन्डेसनलाइ बिगुटार विकास फाउन्डेसनले खाद्यान्न सहयोग गरेको छ चैत्र २० गते बिगुटार विकास फाउन्डेसनले उक्त संस्थालाई मारवाडी सेवा समाज नेपाल संगको खाद्यान्न सहितका सामग्री  वितरण गरेको हो ।जसमा (५ केजी  चामल,२ केजी  चिउरा,आधा लिटर खानेतेल,१ केजी  नुन,१ केजी दाल,५ प्याकेट चाउचाउ,२ केजी  आलु,२ वटा साबुन,१०० ग्रामका ३ वटा मसलाका पकेट,४ वटा मास्क) सहितको ५  सेट(झोला) बिगुटार विकास फाउन्डेसनका अध्यक्ष गिरिराज दाहाल र सचिब  नेत्र दाहालले उक्त सामग्री संस्थालाई प्रदान गरेका हुन् ।

कोभिड–१९ जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले अङ्गिकार गरेको लकडाउन नीतिबाट दैनिक गुजारा चलाउन अप्ठेरो परेको संस्थाहरुलाई  बिगुटार फाउन्डेसनले सहयोग गर्दै आएको बिगुटार विकास फाउन्डेसनका अध्यक्ष गिरिराज  दाहालले बताए । फाउन्डेसनले त्यस्ता असहाय, अपाङ्गता, फरक क्षमता भएका तथा दैनिक ज्यालादारीबाट गुजारा चलाउने व्यक्तिमा परेको समस्यामा सुल्झाउन काठमाडौंको  विभिन्न क्षेत्रमा खाद्यान्न वितरण  गरिरहेको  बिगुटार विकास फाउन्डेसनका सचिब नेत्र दाहालले कपन अनलाइनलाइ बताए। उनले लक डाउनका कारण खाद्यान्नको अभाब भइ सामाजिक संस्थामा आश्रित ब्यक्तिहरुलाइ समस्या नआओस भनेर सहयोग गरेको बताए। उनले सहयोगी दाताहरुलाई धन्यवाद समेत दिएका छन ।

द ट्वीन अटर्स फाउन्डेसनमा असाहय तथा बिपन्न वर्गका सडक बालबालिकाहरुलाई आश्रय प्रदान गर्दै ति बालबालिकाहरुको पालनपोषण, स्वास्थ्य, शिक्षा लगायतको आधारभूत आवश्यकतालाइ सो संस्थाले बहन गर्दै आएको छ। संचालकको प्रयास र सहयोगी दाताहरुको सहयोगबाट सो संस्था संचालन हुँदै आएको छ।

तपाइँको प्रतिक्रिया ।