बुढानिलकण्ठ-८ मा राहत प्राप्त गर्नेहरुको विवरण संकलन कार्य जारी
कपन अनलाइन
काठमाडौं ,चैत २२ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ८ का विभिन्न क्षेत्रमा विपन्न तथा राहत प्राप्त गर्ने व्यक्तिहरुको विवरण संकलन कार्य जारीरहेको छ ।
लकडाउनका कारण विपन्न समुदाय , दैनिक ज्याला मजदुरी गर्ने लगायतलाई राहत उपलब्ध गराउनका लागि जनप्रतिनिधि सहित स्वयंसेवकहरुले आ-आफ्नो वडाको घर घरमा पुगेर तथ्यांक संकलन गर्ने कार्यजारि राखेका छन।
बुनपा-८ का वडा अध्यक्ष सुमन तामाङ्ग, कार्यपालिका सदस्य दुर्गा थापा, वडा सदस्यहरु क्रमशः माधव पौडेल ,गोमा मग्राती,मन्जु थापा सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले तथ्यांक संकलन कार्यलाई जारि राखेका हुन्।
यस जटिल परिस्थितिमा युवाहरुले जनप्रतिनिधिहरुलाई अहोरात्र खटिएर दिनुभएको साथ र सहयोगको उच्च मूल्याकंन गर्नुपर्ने भन्दै वडा अध्यक्ष सुमन तामाङ्गले युवाहरुको प्रशंसा गर्दै साथै वास्तविक पिडितले मात्र राहत पाउने गरि तथ्यांक संकलन भइरहेको बताएका छन।