आपूर्ति तथा राहत वितरणको सम्पूर्ण काम स्थानीय तहले गर्ने उपत्यका नगरपालिका फोरमको निर्णय
कपन अनलाइन
काठमाडौं ,चैत २१।
उपत्यका नगरपालिका फोरमले आपूर्ति तथा राहत व्यवस्थापनका लागि वडा अध्यक्षको संयोजकत्वमा स्थानीय सुरक्षा निकाय सहितको कमिटि गठन गर्ने निर्णय गरेको छ।
फोरमका अध्यक्ष बिद्या सुन्दर शाक्यको अध्यक्षता र गृहमन्त्रि राम बहादुर थापा बादल ,सामान्य प्रसासन मन्त्रि हृदयेस त्रिपाठी र उद्योग मन्त्रि लेखराज भट्टको उपस्थितिमा भएको बैठकले अत्यावस्यक सेवाका पसलहरु समय तोकेर सामाजिक दुरी कायम हुने गरि खोल्न दिने निर्णय पनि गरेको छ।
त्यस्तै फोरमले असंगठित क्षेत्रका मजदुर र विपन्न परिवारको लागि मापदण्ड तोकेर राहत वितरण गर्ने निर्णय गरेको छ भने सो बैठकले आपूर्ति तथा राहत वितरणको सम्पूर्ण काम स्थानीय तहले गर्ने निर्णय गरेको थियो ।
तपाइँको प्रतिक्रिया ।