वी.पी संग्राहलय सुन्दरीजल द्वारा कोरोना संक्रमण व्यवस्थापनका लागि वी.पी कोइराला राहत कोष स्थापना
कपन अनलाइन
काठमाडौं चैत्र २०। गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजलमा रहेको वी.पी संग्राहलयले कोरोना संक्रमण व्यवस्थापनका लागि वी.पी कोइराला राहत कोष स्थापना गरेको छ। कोभिड–१९ को सम्भावित जोखिमलाई न्यूनिकरण/नियन्त्रणका साथै संक्रमण व्यवस्थापनका लागि कोष स्थापना गरिएको हो । उक्त कोष बाट गोकर्णेश्वर नगरपालिका १र २ साबिक सुन्दरीजल र नयापाटीको लागि रु दुइ लाख छुट्टयाइएको र गोकर्णेश्वर नगरपालिका का अन्य वडाका साथै कागेश्वरी मनोहरा नगरपालिका १,२,३ त्यसै गरि काठमाडौं महानगरपालिकाको वडा नं ६ का लागि प्याकेजमा सहयोग गर्ने पनि बिपी संग्राहलयसमिति परिवारले जनाएको छ ।
जनप्रतिनिधी ,स्वास्थकर्मी,सुरक्षाकर्मी,राजनितीक दल एवं बुद्धिजीबीको सल्लाहमा राहत कोष खर्च गरिने बिपी संग्राहलयका संस्थापक अध्यक्ष परशुराम पोखरेलले बताए । विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरस (Covid 19)को प्रकोपको कारण सम्पूर्ण विश्व एतीबेला आतंकित बनिरहेको बेलामा बिपी संग्राहलयका संस्थापक अध्यक्ष पोखरेलले नेपालमा पनि कोरोना भाइरसबाट सङ्क्रमित बिरामी भेटिएकाले स्वास्थ्य सतर्कता अपनाउन सबै नेपालीलाइ अनुरोध गरेका छन्। उनले राहत कोषमा रकम सहयोग गर्न इच्छुक महानुभाबहरूलाई सहयोग गर्नको लागि अनुरोध गरेका छन्।
उनले कोभिड–१९ जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले अङ्गिकार गरेको लकडाउन लाइ पूर्ण रुपले पालना गर्न अनुरोध गर्दै यो जटिल परिस्थितिमा तपाईं हामी जति संबेदनशील र सजग रहन्छौ त्यतिनै संक्रमणको जोखिम पनि कम हुने हुँदा लक डाउन को अवधिमा घरमै बसेर सुरक्षित समाज निर्माणको लागि योगदान गर्न पनि अनुरोध गरेका छन् ।