काठमाडौं महानगर ३ मा कोरोना प्रकोप नियन्त्रणको तयारी पुरा गरेका छौ : अध्यक्ष दिपक केसी

काठमाडौं महानगर ३ मा कोरोना प्रकोप नियन्त्रणको तयारी पुरा गरेका छौ : अध्यक्ष दिपक केसी

कपन अनलाइन

काठमाडौं ,चैत २०।

काठमाडौं महानगरपालिका वडा नं ३ ले कोरोना भाइरस कोभिड १९ को रोकथाम तथा राहत वितरणको कामलाई तीव्रता दिएको छ। काठमाडौंको मध्य क्षेत्रमा रहेको वडाले आफ्नो कुल क्षेत्रफललाई चारमुख्य खण्डमा विभाजन गरेर संयोजनको जिम्मा वडा सदस्यहरुलाई दिएको छ।

वडा नं ३ को भानुभक्त मावीमा क्वारेन्टाइन निर्माण गर्नुका साथै वडाले १५ जना एम्बुलेन्स चालक र १० अस्पतालले PPE प्रदान गरिसकिएको वडा अध्यक्ष दिपक केसीले जानकारी दिए।

वडाले पहिलो चरणमा अति विपन्न वर्गलाई सहयोगको प्राथमिकतामा राखेको जानकारी दिदै वडाका विभिन्न क्षेत्रमा किटनासक औसधि छर्कने कामलाई जारी राखेको बताएका छन।

त्यस्तै नेपाली सेनाले प्रकोप नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाका वडा नं ३ ,४ र १५ लाई नमुना वडाका रुपमा राहत तथा संक्रमण नियन्त्रणको अभियान संचालन गरेकोमा त्यसका लागि आवस्यक तयारी गरेको अध्यक्ष केसीले जानकारी दिएका छन।

त्यस्तै अहिले वडा सदस्यहरुको नेतृत्वमा वडा भित्र ६० स्वयंसेवक परिचालन गरिएको जानकारी दिदै अध्यक्ष केसीले यस विषम परिस्थितिमा सबै वडावासीले संयम र सचेत बनेर वडालाई सहयोग गर्नका लागि अनुरोध गरेका छन।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।