काठमाडौं महानगरपालिका -३ मा वडा सदस्यको नेतृत्वमा सर्वदलीय स्वयंसेवक दस्ता परिचालन हुने

काठमाडौं महानगरपालिका -३ मा वडा सदस्यको नेतृत्वमा सर्वदलीय स्वयंसेवक दस्ता परिचालन हुने

कपन अनलाइन

काठमाडौं ,चैत २०।

काठमाडौं महानगरपालिका वडा नं ३ मा  हुने आपतकालीन सहयोग र राहत वितरणको व्यवस्थापन गर्नका लागि वडा सदस्यको नेतृत्वमा स्वयंसेवक समिति गठन हुने भएको छ ।

बागमती प्रदेस सरकारले निर्वाचित प्रदेस सभा सदस्यको संयोजनमा प्रत्येक निर्वाचन क्षेत्रमा अनुगमन तथा परिचालन समिति गठन गर्ने निर्णय पश्चात काठमाडौं क्षेत्र नं ५ (२) का प्रदेस सभा सदस्य दिपक निरौलाको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।

उक्त समितिमा निर्वाचित प्रतिनिधि संगै विभिन्न क्रियाशिल राजनीतिक दलका स्वयंसेवकहरु रहने र ति स्वयंसेवकले विषम परिस्थितिमा वडा बाट हुने राहत वितरण ,उद्दार तथा अन्य कार्यमा सहयोग गर्ने सांसद निरौलाले जानकारी दिएका छन।

सो अवसरमा वडालाइ चार क्षेत्रमा विभाजन गरेर स्थलगत रुपमा सक्रिय रहन वडा सदस्यहरुलाई जिम्मेवारी प्रदान गरिएको थियो ।

यस अघि काठमाडौं क्षेत्र नं ५ (२) अन्तर्गत रहेका बुढानिलकण्ठ र टोखा नगरपालिकाका वडाहरुमा यस्तो समिति गठन भैसकेको छ।

काठमाडौं महानगरपालिका वडा नं ३ को समिति गठन तथा छलफलमा वडा अध्यक्ष दिपक केसी ,सदस्यहरु सिता थापा ,कृष्ण राज चालिसे ,प्रेम थापा ,शर्मिला परीयार ,वडा सचिव सहित नेपाली सेना र नेपाल प्रहरीको उपस्थिति रहेको थियो।

 

तपाइँको प्रतिक्रिया ।