कोरोना रोकथाम कोषमा बुढानिलकण्ठको १ करोड ,सहयोगका लागि आव्हान !
कपन अनलाइन
काठमाडौं ,चैत २०।
बुढानिलकण्ठ नगरपालिकाले कोरोना भाइरस रोकथाम कोष स्थापना गरेको छ।बुढानिलकण्ठ नगरपालिकाको तर्फ बाट हाल उक्त राहत कोषमा एक करोड रुपैया जम्मा गरिएको छ ।
त्यस्तै यस विपद घडीमा कुनै पनि नगरवासीले यस कोषमा आफ्नो योगदान दिनका लागि कोषको प्रभु बैंकमा रहेको खाता नम्बर १२४०० २००९५ २६२५ ०००००६ मा जम्मा गर्न सक्नेछन ।
कोरोना महामारी विरुद्ध नगरपालिकाको लडाईमा आफ्नो संघ संस्था ,कार्यालय वा कुनै पनि माध्यम बाट सहयोग गर्न सकिने जानकारी दिदै नगरपालिकाले अनुरोध गरेको छ ।
यस कोष मार्फत संकलित रकम अधिकतम कोरोना विपद प्रभावित नगरवासीको राहत तथा उद्दारमा खर्च गरिने भएकोले आम नगरवासीमानगर प्रमुख उद्दव प्रसाद खरेलले आग्रह गरेका छन। नगरपालिका यस विषम परिस्थितिमा निकै संवेदनशील बनेर नगरवासीको स्वास्थ्य तथा अन्य सेवामा लागेको बताउदै उनले यस समयमा नगरवासीको सकारात्मक सहयोगको अपेक्षा गरेको बताए ।
त्यस्तै यस्तो विषम परिस्थितिमा नगरपालिकाको कोषमा सहयोग गर्न आग्रह गर्दै कुनै अमानवीय तत्वहरुले राहतका नाममा नगरवासी संग रकम उठाउन आएमा नगरपालिकामा सम्पर्क गरि ठगिन बाट बच्नका लागि नगर प्रवक्ता नवराज भट्टराईले अनुरोध गरेका छन ।