लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए१ द्वारा एम्बुलेन्सका भोलेन्टियर चालकका निम्ति (पर्सनल प्रोटेक्टिभ इक्यूपमेण्ट ‘पिपिई’ )प्रदान

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए१ द्वारा  एम्बुलेन्सका भोलेन्टियर चालकका निम्ति (पर्सनल प्रोटेक्टिभ इक्यूपमेण्ट ‘पिपिई’ )प्रदान

कपन अनलाइन

काठमाडौं चैत्र २० ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए१ ले एम्बुलेन्सका भोलेन्टियर चालकका निम्ति (पर्सनल प्रोटेक्टिभ इक्यूपमेण्ट ‘पिपिई’ )प्रदान गरेको छ। बुधबार रामघाट हेल्थ सेन्टर पशुपतिमा चार वटा  र पशुपति क्षेत्र विकास कोषको सहयोगमा सृजनशील युवा क्लब द्वारा संचालित एम्बुलेन्सका चालकलाइ एक जोडी (पर्सनल प्रोटेक्टिभ इक्यूपमेण्ट ‘पिपिई’) लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का इमिडेट पास्ट गभर्नर लायन अनन्त प्रसाद भेटुवालले हस्तान्तरण गरेका हुन्  ।कोरोना भाइरसको जोखिम मोल्दै काम गर्दै आइरहेको उनीहरुको स्वास्थ्य को ख्याल गर्दै लायन्स क्लबले उक्त सामग्री प्रदान गरेको हो।

कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का इमिडेट पास्ट गभर्नर लायन अनन्त प्रसाद भेटुवालले विरामीले स्वास्थ्य संस्थामा छिटो छरितो पुग्न एम्बुलेन्स प्रयोग गर्छन् तर एम्बुलेन्स चालकहरु जोखिम मोलेर नै  काम गर्न बाध्य रहेका बताए  ।अहिले विश्वभरीनै कोरोना भाइरसले महामारीको रुप लिन थालेपछि उच्च सर्तकता अपनाइएको छ।

नेपालमा पनि लामो दुरीका गाडि चल्न छाडेका छन। तर, एम्बुलेन्स चालकहरु भने जोखिम मोलेर सेवा गर्नुपर्ने बा“ध्यता रहेको  देखे पछि उक्त सहयोग गरेको बताए ।उनले पिपिइले बाह्य संक्रमण हुनबाट जोगाउछ र एम्बुलेन्स  चालकलाई सुरक्षित गर्ने सहयोग गर्ने भएर सो सहयोग गरेको बताए ।जोखिममा काम गर्ने मान्छेले कम्तीमा आफुलाई सुरक्षित महसुस गरेर काम गर्न सक्यो भने जोखिम न्युनीकरणमा सहयोग पुग्ने  बिश्वासका साथ् सो सामग्री प्रदान गरेको बताए ।उनले अहिले लायन्स क्लब ३२५ ए१ को फुड बैंक मार्फत बिभिन्न सामाजिक संस्थामा आश्रितहरुलाई खाद्यान्न सहयोग गरिरहेको पनि बताए ।

तपाइँको प्रतिक्रिया ।