पेट्रोलियम मजदुर संघद्वारा निशुल्क व्यक्तिगत सुरक्षा सामाग्री वितरण

पेट्रोलियम मजदुर संघद्वारा निशुल्क व्यक्तिगत सुरक्षा सामाग्री वितरण

कपन अनलाइन 

काठमाडौं चैत्र २०। अखिल नेपाल पेट्रोलियम मजदूर संघ केन्द्रिय समितीले नेपाल आयल निगमको सहयोगमा पेट्रोलियम क्षेत्रमा कार्यरत मजदूरहरूको लागि व्यक्तिगत सूरक्षा सामाग्री निःशुल्क वितरण गरेको छ ।नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले आज एक कार्यक्रमका विच मजदूर संघका केन्द्रीय पदाधिकारी टिमलाई उक्त सुरक्षा सामाग्री हस्तान्तरण गरेका हुन ।

पेट्रोलियम मजदूर संघका केन्द्रीय अध्यक्ष शिव पोख्रेलको संलग्नतामा भक्तपुर जिल्ला कमिटी अध्यक्ष केदार खत्रीलाई १३००थान ग्लोव्स,१३थान सेनिटाइजर, ३५०थान माक्स भक्तपुर जिल्लामा कार्यरत पेट्रोलियम मजदूरहरूलाई वितरणको लागि हस्तान्तरण गरे त्यसैगरि ललितपुर जिल्ला कमिटी अध्यक्ष सुरोज महर्जन लाई १७००थान ग्लोव्स,१७थान सेनिटाइजर, ५००थान माक्स ललितपुर जिल्लामा कार्यरत पेट्रोलियम मजदूरहरूलाई वितरणको पठाईएकाे हो ।

काठमाण्डाै जिल्ला कमिटी अन्तर्गत रहेका ४ वटै इलाका अध्यक्ष हरूलाई लाई ६०पाकेट(६०००)थान ग्लोव्स,६०थान सेनिटाइजर, २०००थान माक्स काठमान्डौ जिल्लामा कार्यरत पेट्रोलियम मजदूरहरूलाई वितरणको लागि पठाईसकेकाे जानकारी दिए । अखिल नेपाल पेट्रोलियम मजदुर संघ र गन्डकी धौलागिरी पेट्रोलियम डिलर्स एसोसनको सहकार्यमा पेट्रोलियम क्षेत्रमा कामगर्ने हरुलाई सुरक्षा सम्बन्धि सामग्री बितरण गर्न आज बाट सुरु गरिएको गन्डकी प्रदेश कमिटी अध्यक्ष क.दुर्गा प्रसाद कडेलले जानकारी गराए ।

फोटो :रोशन दानी

तपाइँको प्रतिक्रिया ।