गोकर्णेश्वर ४ मा ज्यालादारी गर्ने श्रमिक तथा बिपन्नहरुलाई राहतको लागि नाम टिपाउन वडा अध्यक्ष श्री कुमार श्रेष्ठको अनुरोध
कपन अनलाइन
काठमाडौँ, चैत्र २०। गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठले दैनिक ज्यालादारी गर्ने श्रमिक बिपन्न बर्गलाई नगरपालिकाको तर्फ बाट वितरण गर्न लागिएको राहतको लागि नाम टिपाउन अनुरोध गरेका छन् ।
उनले कोरोना भाइरसको संक्रमण को कारण अहिले देश लकडाउन भएको अवस्थामा दैनिक ज्यालादारी गर्ने बिपन्न बर्गका श्रमिक वर्गहरुलाई गोकर्णेश्वर नगरपालिकाको तर्फ बाट राहत वितरण गर्न समबन्धमा वडा समन्वय समितिको निर्णय अनुसार गोकर्णेश्वर नगरपालिका वडा नं ४ भित्र रहेका दैनिक ज्यालादारी गर्ने बिपन्न बर्गका श्रमिक र बिभिन्न जिल्ला बाट वडा नं ४ भित्र आइ घर भाडामा बस्ने हरुलाई घरबेटीको सिफारिसमा नाम संकलन गर्ने कार्य भइरहेको हुँदा नाम टिपाउन अनुरोध गरेका छन्।
उनले नाम टिपाउदा सही ब्यक्ति पहिचान गरि बिवरण दिन पनि उनले अनुरोध गर्दै थप जानकारीको लागि निम्न ब्यक्ति लाइ सम्पर्क गर्न सकिने पनि बताए ।
वडा अध्यक्ष श्री कुमार श्रेष्ठ :९८४१३९७१०६
वडा सदस्य बालकृष्ण श्रेष्ठ: ९८४१२६३०२०
वडा सदस्य: जयराम महत :९८४९२२८३८७
वडा महिला सदस्य उमा थापा: ९८०३८२६२२९
दलित महिला सदस्य: बिष्णु सुनाम: ९८०३१४८७६८