आशा मरेको छैन ! (कविता)
कपन अनलाइन
काठमाडौं चैत्र १९ । प्रकाश अधिकारी
आफैँले आफैँलाई
डोर्याएर
जीवनका गल्छीहरुमा
आफैँ जुनकिरी बनेर
हर आँगनहरुमा
जूनले झैँ
उज्यालो छर्दै
अरुलाई र आफूलाई
बचाउनु पर्छ
जोगाउनु पर्छ।
रहर मारेर भए पनि
अलिकति जीवनका लागि
गोरेटो खनेर
अरुलाई पनि
सँगै हिडाउनु पर्छ ।
बाटाहरु सबै सजिला हुँदैनन्
अफ्ठ्याराहरुमा पनि
हातेमालो गरेर
हिँड्न सक्नु पर्छ,
सङ्कट र विपत्तमा पनि
साहस र धैर्यता नटुटाइ
हिम्मतका साथ
अघि बढिरहनु पर्छ
निरन्तर -निरन्तर
जीवन रहुन् जेलसम्म।।
तपाइँको प्रतिक्रिया ।