गोकर्णेश्वर ५ का दैनिक ज्यालादारी गर्ने बिपन्न श्रमिकहरुलाई राहतको लागि नाम टिपाउन वडा अध्यक्ष नारायण बहादुर सुवेदीको अनुरोध

गोकर्णेश्वर ५ का दैनिक ज्यालादारी गर्ने बिपन्न श्रमिकहरुलाई राहतको लागि नाम टिपाउन वडा अध्यक्ष नारायण बहादुर सुवेदीको अनुरोध

कपन अनलाइन 

काठमाडौं,चैत्र १९ ।गोकर्णेश्वर नगरपालिका वडा नं ५ वडा अध्यक्ष नारायण बहादुर सुवेदीले दैनिक ज्यालादारी गर्ने श्रमिक बिपन्न बर्गलाई नगरपालिकाको तर्फ बाट वितरण गर्न लागिएको राहतको लागि नाम टिपाउन अनुरोध गरेका छन् ।

उनले कोरोना भाइरसको संक्रमण को कारण अहिले देश लकडाउन भएको अवस्थामा  दैनिक ज्यालादारी गर्ने बिपन्न बर्गका श्रमिक वर्गहरुलाई गोकर्णेश्वर नगरपालिकाको तर्फ बाट राहत वितरण गर्न समबन्धमा वडा समन्वय समितिको निर्णय अनुसार गोकर्णेश्वर नगरपालिका वडा नं ५ भित्र बसोबास  गर्ने  ब्यक्तिहरुलाई घरबेटीको सिफारिसमा नाम संकलन गर्ने कार्य भइरहेको हुँदा आ -आफ्नो पायक पर्ने स्थानका वडा सदस्यहरुलाई सम्पर्क गरि भिड भाड नगरी नाम टिपाउन अनुरोध गरेका छन्।

उनले नाम टिपाउदा सही ब्यक्ति पहिचान गरि बिवरण दिन पनि उनले अनुरोध गरेका छन्। साथै गलत बिवरण भएको ब्यक्ति भएमा नेपाल सरकारको नियम अनुसार कारवाही हुने पनि जानकारी गराउदै सिफारिस गर्दा घरबेटीको नागरिकताको फोटोकपी अनिवार्य  राख्न पनि अनुरोध गरेका छन साथै सो सम्बन्धमा वडाले पनि सार्वजनिक सुचना जारी गरेको बताए।  उनले नाम टिपाउन को लागि निम्न ब्यक्तिहरुलाई सम्पर्क गर्न सक्ने पनि बताए ।

वडा अध्यक्ष नारायण बहादुर सुवेदी :९८५१०९३७३६

वडा सदस्य  मुकुन्द फुयाल: ९८४१७३५९८९

वडा सदस्य लिलामणि खतिवडा: ९८४३१९१५९१

वडा सदस्य दुर्गा फुयाल: ९८४१८५७५७५

वडा सदस्य कृष्ण कुमारी बिक: ९८०८१०१९८०

 

तपाइँको प्रतिक्रिया ।