विषम परिस्थितिमा स्थानीय तहका जनप्रतिनिधिको भूमिका निर्णायक :डा.राजन भट्टराई

विषम परिस्थितिमा स्थानीय तहका जनप्रतिनिधिको भूमिका निर्णायक :डा.राजन भट्टराई

कपन अनलाइन

काठमाडौं ,चैत १९।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा नेपाल सरकारका विदेस मामिला सल्लहाकार डा . राजन भट्टराईले अहिले नेपालले भोगिरहेको विषम परिस्थितिको सामना गर्ने निर्णायक शक्ति स्थानीय तह भएको भन्दै अहिले स्थानीय तहको भूमिकाका लागि धन्यवाद दिएका छन।

राहत वितरण,अभिलेख संकलन तथा सचेतना जगाउदै आपतकालीन अवस्थामा जनताको नजिक रहेर काम गरिरहेका स्थानीय तहका जनप्रतिनिधिको प्रभावकारी भूमिकाले मात्र अहिलेको विषम परिस्थिति संग जुध्न सकिने भन्दै डा. भट्टराईले कोरोना प्रकोप विरुद्धको लडाईमा उनीहरु पहिलो मोर्चामा रहेको बताए।

यस्तो समयमा प्रत्यक्ष जनसम्पर्क रहनुपर्ने जिम्मेवारीमा रहेका जनप्रतिनिधिहरुको स्वास्थ्यमा पर्न सक्ने जोखिमका वारेमा चिन्ता व्यक्त गर्दै डा. भट्जटराईले जनप्रतिनिधिहरुलाई अधिकतम सुरक्षा सतर्कता अपनाउनका लागि आग्रह गरेका छन।

संघीय र प्रदेस सरकारले प्रदान गर्ने राहत तथा अन्य सुविधा जनता समक्ष पुर्याउने जिम्मेवारी पुरा गर्नुका साथै सुरक्षा तथा स्वास्थ्यकर्मीहरुहरु संग स्थलगत रुपमा संयोजन र परिचालनको दायित्व पनि स्थानीय तहका जनप्रतिनिधिको रहेको डा.भट्टराईले बताएका छन।

विश्वले नै जुधिरहेको यस महामारीको समयमा जनता आफैले सचेत भएर लड्नु पर्ने दायित्व रहेको र जनएकताले मात्र यस्ता समस्या संग जुध्न सकिएको विगतले पाठ सिकाएको स्मरण गर्दै डा.भट्टराईले सबै नेपाली एक साथ उभिनु पर्ने धारणा राखेका छन।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।