काठमाडौँ महानगरपालिका–१० बुद्धनगरमा एक महिला द्वारा आत्महत्या

काठमाडौँ महानगरपालिका–१० बुद्धनगरमा एक महिला द्वारा आत्महत्या

कपन अनलाइन

काठमाडौं ,चैत १९।

लकडाउनका सातौं (सोमबार) दिन काठमाडौंमा एक महिलाले जीवनत्याग गरेकी छन् । काठमाडौँ महानगरपालिका–१० बुद्धनगरमा रहेको आफ्नै घरमा झण्डिएर जीवनत्याग गरेकी हुन्।

आफ्नै घरको कौसीमा झुण्डिएको अवस्थामा छिमेकीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।छिमेकीका अनुसार घरमा उनी एक्लै बस्दै आएकी थिइन् । अन्दाजी ४५ वर्षकी ती महिलाले सोमबार दिउँसो घरको कौसीमा डोरीले घाटीमा बाँधेर झुण्डिएको अवस्थामा छिमेकीले देखेका थिए । जीवनत्याग गर्नुको कारण थाहा हुन सकेको छैन । प्रहरीले अनुसन्धान थालेको छ

तपाइँको प्रतिक्रिया ।