विदुर नितिमा चिकित्सा

विदुर नितिमा चिकित्सा

कपन अनलाइन

काठमाडौं ,चैत १८ /मुरारी भण्डारी 

कोरोना भाइरसको कारण यतिबेला हामी घरैमा सुरक्षीत बसाईमा छौ। योबिचमा धेरै नेपालिहरुको मन मस्तिष्कमा केहि न केही कुरा खेल्ने केही न केही गरौ भन्ने नै हुन्छ।

हरेक महामारिले मानव समुदायलाइ चुनौती दियकै हुन्छ त्यसैलेता हामी आत्तियका हुन्छौ। तर साथ साथ यस्तो बेला हामिलाइ अवसर तथा शिक्षा पनि दियर जन्छ जुन बर्षौ बिश्वबिद्धालय मा गयर अध्यन गरेर निखारता आउनु भन्दा कम हुदैन।

हामिले सुनेका छौ पढेकाछौ अघिल्ला धेरै महामारी,सकट बाट बिश्वले नराम्रो खती ब्यहोरेको छ तर त्यही बिचबाट एक एक सबल सक्षम  नेतृत्व पनि स्थापित भएको छ।

सफल सबल कुसल राष्ट्रसेवक भगवान सरि पुजियका छन। अभाब र प्रभाबले सकटमा फुत्त विकल्प निकाल्न्छ।

भदौरे भेलमा बगयर ल्ययको चिज बिच बगरमा फुत्त निक्लिय जस्तो के थाहा तपाईं पनि यो सन्सारमा फुत्त अरुभन्दा अगाडी निक्लिन पनि सक्नु हुन्छ ।

त्यसैले तपाईं सामाजिक कार्यकर्ता हो भने लाग्नोस अहिले बाटै यो सक्रमण महामारिमा जनतालाइ कसरी सेवा गर्नी भनेर।असाय दिन दुखिलाइ कसरी सेवा गर्नी भनेर।

तपाईं शिक्षक हो भने आफ्ना शिष्य के कसरी बसेका छन सोध- खोज गर्नुस यो महामारिमा कसरी दैनिकी बितायका छन।

यदि तपाईं राजनैतिक कार्यकर्ता हो भने राज्यले महामारी नियन्त्रणका लागि लियको तत्कालिन नीति विधि हेरेर सरकारलाइ राम्रोको लागि सहयोगी बनेर आफ्नो नेतृत्व स्थापित गर्नोस तपाइलाइ शुभकामना छ यो सुवर्ण अवसर हो।

यो शरीर अनित्य छ,धन पनि स्थिर छोइन,मृत्यु सधै नजिक छ।त्यसैले सधै धर्म कर्म गर्दै धर्म सङ्ग्रह गर्नुपर्छ अर्थात धर्म गर्दै रहनु मानिसको कर्तव्य हो भनी चणक्यको नीतिशास्त्र अध्याय १२ मा पनि भनिएको छ।त्यसैले उनै महाराज माहात्मा विदुरले विदुर नितिमा चिकित्सा बिधिमा के भनेका रहेछन भनेर पुस्तक पल्टाउदै जादा अध्यन गर्दा यस्तो पाइयो जुन आजको दिनमा तपाइहरुलाइ पनि शेयर गर्दा काम लाग्ला भनेर यहाँ प्रस्तुत गरेको छु।धर्म भनेको सबैलाइ कल्याण गर्नु हो।

मरेर यमलोकमा पुगेर पाप र पुण्य प्रदान गर्ने होइन यसै लोकमा बर्तमानमा नै मनुस्यलाइ नै निम्मित्त बनाएर कर्मफल प्राप्त हुन्छ मृत्यु हुनै पर्दैन।

कर्मको फल बर्तमानमा नै भोग्नु पर्दछ।त्यसैले यहि बर्तमानमा हामिले राम्रा असल कम गरौ एकतामा नै बल हुन्छ भन्दै विदुर नितिको आठौ अध्यायमा उपचार प्रणाली ५ तरिकाले गर्न सकिन्छ भनेर लेखियको रहेछ।जुन आजको दिनमा मनन गर्न जरुरी छ।

१. औषधि र जडिबुटी द्वारा।

२. दैबी चिकित्सा यज्ञ र शान्ती स्वस्तिद्वारा विभिन्न रोगलाइ शान्ति पार्ने।

३. मानसिक चिकित्सा स्वस्ती-वाचन कल्याण कामना आशीर्वाद मार्फत मानसिक बल प्रदान गरेर रोगिलाइ स्वस्थ रहन बल मद्दत गरेर।

४. आर्थब मन्त्र चिकित्सा बेदका मन्त्रहरुद्वारा रोगिको मनलाइ प्रभावित पारेर वा टुना मुना प्रयोग गरेर।

५. पारोभस्म आदि सिद्दरसिय चिकित्सा विधि द्वारा। हाम्रा विमारी भएका हरुलाइ ठिक पार्न सकिने बतएकाछन।

तर चिन्तित नहुनु होस चिन्तामुक्त हुनुहोस चिन्ता भन्ने वस्तु आगोसमान छ भनियको छ। त्यसैले याद गर्नोस शुद्द मनले विचार गर्नोस तपाइको मनले पवित्र मानिएको मात्र सबैलाइ व्यवहार गर्नुहोस सब बिमार ठिक हुन्छ।

तपाइँको प्रतिक्रिया ।