कोरोना भाइरस लागेको आशंका गरिएका बुढानिलकण्ठका व्यक्तिको रिपोर्ट “नेगेटिभ”

कोरोना भाइरस लागेको आशंका गरिएका बुढानिलकण्ठका व्यक्तिको रिपोर्ट “नेगेटिभ”

कपन अनलाइन

काठमाडौं ,चैत १८ ।

बूढानीलकण्ठ नगरपालिकामा एक व्यक्तिलाई कोरोना भाइरस लागेको आशंका  गरिएका व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ । अस्पताल बाट डिस्चार्ज भएर उनि अहिले घरमा रहेको बुढानिलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिएका छन।

चैत्र ५ गते  दुबई बाट आएका बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ सुन्दबस्ती  निवासी एकजना व्यक्तिलाइ ज्वरो, खोकी  देखिएकोले  शुक्रराज ट्रपिकल हस्पिटल भर्ना गरिएको थियो।३४ वर्उषका नलाई रोना आसंखा भएपछी हस्पिटलले आइसोलेसनमा भर्ना गरेको छ।

यसै गरि बूढानीलकण्ठ नगरपालिकामा विदेश बाट  फर्किएका   ६७ जनाको पहिचान गरिएको छ । पछिलो १४ दिनमा विदेशबाट  फर्किएकाहरुको संख्या भने ४८ रहेको छ ।

तपाइँको प्रतिक्रिया ।