लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ को फुड बैंक मार्फत बिभिन्न सामाजिक सस्थालाई सहयोग गर्ने क्रम जारी

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ को फुड बैंक मार्फत बिभिन्न सामाजिक सस्थालाई सहयोग गर्ने क्रम जारी

कपन अनलाइन

काठमाडौं चैत्र १८। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ को फुड बैंक मार्फत बिभिन्न सामाजिक संस्थामा आश्रितहरुलाई खाद्यान्न लगायतको सहयोग गरेको छ। सोमबार

१)अपाङ्ग पुनर्स्थापना केन्द्र
गोकर्ण
२)नयाँ जीवन नेपाल
नारायणटार
३) हाम्रो सुनौलो संसार
गोकर्ण
४) पवित्र समाज सेवा नेपाल टोखा चन्डेश्वरी लाइ  खाद्यान्न लगायतको सामग्री  सहयोग गरेको हो। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले करिब एक महिनालाई पुग्ने आवश्यक चामल ,दाल , नुन ,तेल स्यानीटाईजर लगायतको  सरसफाईका सामग्री  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का इमिडेट पास्ट डिस्ट्रिक गभर्नर लायन अनन्त प्रसाद भेटुवालले मानब सेवा आश्रमका पदाधिकारीलाइ हस्तान्तरण गरेका थिए ।

 

उक्त कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का इमिडेट पास्ट डिस्ट्रिक गभर्नर लायन अनन्त प्रसाद भेटुवाल, वर्तमान फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ , चिफ ए ओ जी लायन कर्मा गुरुङ, एरिया कोर्डिनेटर लायन धर्म शरण श्रेष्ठ,लायन पेमा छिरी शेर्पा लायन्स क्लब अफ काठमाडौं दर्पणका प्रेसिडेन्ट लायन ठण्डराज ठकुरी (राजन) लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वरका प्रेसिडेन्ट लायन  पूर्ण बहादुर तामाङ लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो।

 

उक्त कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का इमिडेट पास्ट डिस्ट्रिक्ट गभर्नर  लायन अनन्त प्रसाद भेटुवालले सरकारले गरेको लक डाउनका कारण खाद्यान्नको अभाब भइ सामाजिक संस्थामा  आश्रित ब्यक्तिहरुलाइ समस्या नआओस भनेर सहयोग गरेको बताए। उनले लायन्स क्लबको अन्तर्राष्ट्रिय सिद्धान्त अनुरुप सेवामुलक कार्यलाई अगाडी बढाउदै फुड बैंक द्वारा खाद्यान्न लगायतको अत्यावश्यक सामग्री उपलब्ध गराएको बताए ।

उनले मानवताको नाताले उक्त कार्य गरेको भन्दै सो कार्यक्रमलाइ सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए। उनले हाल लायन्स क्लबले फुड बैंकमा सहयोग गर्ने अभियान चलिरहेको पनि बताए । लायन्स क्लबले  बिभिन्न सामाजिक आश्रयस्थलमा सहयोग गर्नको लागि सहयोगी हातहरुले संयुक्त रुपमा संकलित रकम सामाजिक आश्रयस्थलहरुका आश्रितहरुलाई सहयोग गर्न लागिएको  पनि बताए।

 

कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का वर्तमान फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले कोरोना भाइरस कारण उत्पन्न विषम परिस्थितिमा सामाजिक संस्थाहरुमा आश्रितहरु खाद्यान्नको अभाबमा  भोकै बस्न नपरोस र मानिसको बाच्न पाउने अधिकारको रक्षा गर्दै लायन्स क्लबको फुड बैंक द्वारा बिभिन्न ठाउमा खाद्यान्न वितरण गर्दै आएको र त्यो निरन्तता स्वरुप यहा पनि सहयोग गरेको बताए   । उनले लायन्स क्लब को नारा we serve को नारा सहित सहयोगको कार्यमा सदैब अघि बढिरहने पनि बताए । उनले सो कार्यमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका थिए ।

उनले  कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरण गर्नका निम्ति घरमै बसी नेपाल सरकार लगायत विश्व स्वास्थ्य संगठनको निर्देशन पालना गर्न अनुरोध गर्दै कोरोना भाईरसको प्रकोप नियन्त्रणका लागि आत्म संयम हुन र सचेतना अपाउन समेत सबैमा अपिल गरेका छन । उनले  कोरोना भाइरसको संक्रमणबाट रोक्न तथा लकडाउनको समयमा अप्ठेरोमा परेकाहरुलाई सहयोग गर्न लायन्स सदस्यहरुलाई  अनुरोध गरेका छन् ।उनले यो समयमा अति विपन्नहरुलाई खाद्यन्न सहयोग गर्न पनि आग्रह गरे । उनले आपतमा परेका र भोकाहरुलाई जुनसुकै समयमा खाद्यन्न लगायत आवश्यक दैनिक उपभोग्य सामाग्रि पुर्याउन तत्पर रहेको पनि प्रतिबद्धता जनाए ।

साथै आजलायन्स क्लब डिस्ट्रिक ३२५ ए१ ले

१) बुद्धिष्ट होम, नारायणटार
२) द ट्विन्स अटरस् फाउण्डेशन, कपन
३) रामघाट हेल्थ पोष्ट, पशुपति
४) नवकिरण अनाथ असहाय बालउत्थान समाज , धापाखेललाइ सहयोग गर्ने कार्यक्रम रहेको छ ।

 

तपाइँको प्रतिक्रिया ।