काठमाडौं महानगर – १५ र नेपाली सेना विच कोरोना रोकथामका लागि छलफल
कपन अनलाइन
काठमाडौं ,चैत १८
कोरोना भाईरस (कोभिड १९) ले महामारीका रुपमा हाल विश्वलाई नै आतङ्कित तुल्याइरहेको छ ।
यो भाइरसले नेपालीको जनजीवनमा पनि असर पारेको छ । यस्तो अवस्थामा कामपा १५ वडावासीलाई संकटको घडीमा सामाजिक जनचेतानाको दिने, आपतकालमा गर्नुपर्ने काम र यस रोगसँग लड्न तयार पारेका दीर्घकालिन योजनाका छाउनी ब्यारेकस्थित रेञ्जर रेजिमेन्टको प्रांगण छलफल भएको छ ।
उक्त छलफलमा १५ वडा अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रवत्ता ईश्वरमानं डंगोल, १५ वडाका सदस्यहरु निमा घ्याम्चो तामाङ, आनन्दराम गौतम, मैयाँलक्ष्मी महर्जन, महानगरीय प्रहरी बृत्त स्वयम्भूका प्रमुख डिएसपि लालध्वज सुवेदी, शसस्त्र बल हेडक्वार्टरका डिएसपि सुमन जंग थापा, रेञ्जर फर्स्ट बटालियणका गणपति कर्णेल नानु खड्का, रेञ्जर रेजिमेन्टका मेजर सिताराम बस्नेत, रेञ्जर फस्र्ट बटालियनका मेजर नानु खड्का तथा स्थानीय विभिन्न क्लबका स्वयंसेवकहरुको उपस्थिति रहेको थियो ।
उक्त छलफलले द्यान्न संकट र संक्रमणको न्यूनीकरण गर्न दैनिक जीवनयापनलाई चाहिने न्यूनतम खाद्यान्नलाई न्यूनतम मूल्यमा घर–घरमा पुर्याउनका लागि वडास्तरीय एक समूह गठन गर्ने भएको छ ।
उक्त समुहमा नेपाली सेना, शसस्त्र प्रहरीबल र नेपाल प्रहरीको समेत सहभागिता हुनेछ । साथै कोरोना संक्रमण सुरक्षार्थ रेञ्जर रेजिमेन्टबाट बनाएको पर्सनल प्रोटेक्टिभ इक्यूप्मेन्ट (पीपीई)को प्रदर्शन पनि गरिएको थियो ।