विपद व्यवस्थापनका लागि मेलम्ची नगरपालिकाको महत्वपूर्ण निर्णय

विपद व्यवस्थापनका लागि मेलम्ची नगरपालिकाको महत्वपूर्ण निर्णय

कपन अनलाइन

सिन्धुपाल्चोक ,चैत १७।

कोभिड – १९ को विश्व महामारीका रुपमा विश्वलाई आतङ्कित तुल्याएको कोरोना भाईरस (कोभिड १९) को सङ्क्रमण को जोखिम न्यूनीकरणको लागि नियन्त्रण तथा सङ्क्रमण रोक्नको लागि मेलम्ची नगरपालिकाले विपद ब्यबस्थापन अन्तर्गत कोरोना रोकाथम नियन्त्रण तथा न्यूनीकरण बैठक बसेको छ।

यस महामारी बाट लड्नका लागि मेलम्ची नगरपालिकाले आर आर  टि टिम कीट तयार गरेकाे छ भने ३५ वटा क्वारेन्टाइन र १५ वेडकाे आइसोलेसन वेडकाे तयारी गरेको छ।

नगरवासीहरुको स्वास्थ्य र सुरक्षालाई ध्यान मा राखेर नगरपालिकाले निम्न निर्णयहरु  गरेको छ। साथै यो निर्णय तथा नेपाल सरकारका तर्फ बाट भएको निर्देशन पालना गर्दै सजगता अपनाउन पनि मेलम्ची नगरपालिकाले अनुरोध गरेको छ ।

त्यस्तै मेलम्ची  नगरपालिकाले  सेल्फ क्वारेन्टाइन बस्ने व्यक्तिहरुको घरभेट सम्बन्धमा उनीहरुलाई स्वास्थ्यकर्मी ,जनप्रतिनिधि तथा सरोकारवाला सहित भेटेर परामर्श दिने तथा आवस्यक सामाग्री उपलव्ध गराउने निर्णय गरेको छ।

त्यस्तै  क्वारेनटाईन स्थल संचालन तथा ब्यबस्थापन समितिका गठन गरिएको छ जसमा नगर उपप्रमुख भगवती नेपाल संयोजक रहेकी छन भने स्वस्ति ,सुरक्षा तथा अन्य निकायका प्रतिनिधिहरु सदस्य रहेका छन।

त्यस्तै मेलम्ची नगरपालिकाले  हाइजनिक किटमा राखिने सामाग्रीको सुची तयार गरि वितरण गर्ने जनाएको छ भने अन्य जिल्लाबाट प्रबेश गर्ने नाकाहरुबाट हुने आवतजावतमा अत्यावश्यक काम बाहेकका अन्य सवारी  निषेध गर्ने निर्णय गरेको छ ।

त्यस्तै मेलम्ची नगरपालिकामा  दुग्ध संकलन केन्द्रमा दुरी कायम गर्ने र डेरी नजिकका चिया पसल बन्द गर्ने निर्णय गरेको छ । साथै  मेलम्ची नगरपालिकाको सो बैठकले   सेल्फ क्वारेनटाईन घरभेट खटिने टोलि पनि गठन गरेको छ  ।

तपाइँको प्रतिक्रिया ।