अत्यावस्यक सवारी साधन प्रयोगका लागि स्थानिय सरकार बाट पासको व्यवस्था गरौ :छिरिंग दोर्जे लामा (सदस्य ,बागमती प्रदेस )
कपन अनलाइन
काठमाडौं चैत्र १७ ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (Covid 19)को प्रकोपको कारण सम्पूर्ण विश्व एतीबेला आतंकित बनिरहेको बेलामा बागमती प्रदेशका सांसद छिरिंग दोर्जे लामाले नेपालमा पनि कोरोना भाइरसबाट सङ्क्रमित बिरामी भेटिएकाले स्वास्थ्य सतर्कता अपनाउन आम जनतालाई अनुरोध गरेका छन्।
उनले आम जनता जस्तै अहिले आफु पनि घरमै बस्नु परेको बताए ।उनले घरमा बसेर हामी आफूलाई, आफ्नो परिवारलाई मात्र सुरक्षित बनाईरहेका छैनौ, सम्पूर्ण नेपालीको जिवन रक्षाको लागि हामीले योगदान दिईरहेको बताए।
उनले सक्रिय व्यक्ति बढी जनसम्पर्कमा आउने भएकाले उनीहरू सङ्क्रमणको जोखिममा पर्न सक्ने भन्दै अनावश्यक भीडभाड र सार्वजनिक स्थलमा नजान पनि अनुरोध गरेका छन ।
उनले प्रत्येक नागरिकले सकेसम्म कम मान्छेसँग भेटघाट गर्ने, कम मान्छेसँग बस्ने आग्रह गर्दै जस–जस संग भेटघाट गरिन्छ त्यसलाई टिपेर पनि राख्न पर्नेमा जोड दिदै उनले त्यो भाइरस संक्रमण भई हाल्यो भने अन्य ब्यक्तिको जानकारी लिन काम लाग्ने हुन सक्ने पनि बताए ।
उनले हालसम्म विदेशबाट आएका ब्यक्तिहरुमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको तर त्यस्ता ब्यक्तिबाट अन्य ब्यक्तिलाई भाइरस सरे नसरेको, सरेको भए कुन मात्रामा, कहाँ, कसरी ? भन्ने कुराको एकिन नभए सम्मको लागि लकडाउन (Lockdown) को पूर्ण पालना गर्नु अर्थात घरमा सुरक्षित बस्नु नै सबैभन्दा उत्तम उपाय भएको बताए ।
उनले यो अति संवेदनशील अवस्थामा नागरिकहरु एक जुट भएर कोरोनाको जोखिम न्यूनीकरणका लागि सामाजिक दुरी कायम गर्दै लकडाउनको पुर्ण पालना सचेत नागरिक को जिम्मेवारी पुरा गर्नु पर्नेमा जोड दिएका छन ।
उनले यो संक्रमणवाट विश्व नै त्रसित भई रहेको अवस्थामा हाल सम्म यसको औषधी पत्ता नलागेकोले हाम्रा आनी बानी मा सुधार गरेमा संक्रमण न्यूनीकरण हुने हुने बताएका छन ।उनले सामजिक दुरी कायम गरौ, खानपिनमा सुधारगरौ, भिडभाड नगरौ, मास्कको सहि प्रयोग गरौ भन्दै सबैलाई सर्तकताका लागि अपिल गरेका हुन् ।
उनले बिदेश वाट आइ बसोबास गर्ने र बिदेश बाट फर्किएकाहरुको तथ्यांक लिने काम स्थानीय तहले गरिरहेको भन्दै त्यसबारे कुनै जानकारी भए जनप्रतिनिधिलाइ जानकारी दिएर सहयोगी गर्न पनि अनुरोध गरेका छन् ।
यो जटिल परिस्थितिमा तपाईं हामी जति संबेदनशील र सजग रहन्छौ त्यतिनै संक्रमणको जोखिम पनि कम हुने भन्दै लक डाउन को अवधिमा घरमै बसेर पनि रचनात्मक काम गर्न सकिने पनि बताए।
उनले लकडाउनले श्रमजीवी तथा विपन्न वर्गलाई दैनिक गुजारा चलाउन कठिनाइ भएको भन्दै त्यसमा पनि विचार गर्नु पर्ने र दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन औषधि उपकरणहरूको पर्याप्त व्यवस्था, उपचारमा संलग्न चिकित्सक तथा सम्पूर्ण टिमको लागि अत्यावश्यक सुरक्षा उपकरण र उनीहरुको हौसला बढाउने खालका निर्णय लिन सरकारलाई सुझाब दिएका छन्।
त्यस्तै उनले सवारी साधान प्रयोग हुने गरि अति आवश्यक काम परेमा स्थानिय सरकारका वडा सँग अनुमति लिई प्रयोग गर्न पाउने व्यवस्था मिलाउन पनि सरकारलाइ सुझाव दिएका छन् ।