गोकर्णेश्वर नगरपालिका -३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले पनि आफ्नो निजि सवारी साधन आपतकालीन सेवामा प्रयोग गर्न दिने घोषणा

गोकर्णेश्वर नगरपालिका -३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले पनि आफ्नो निजि सवारी साधन आपतकालीन सेवामा प्रयोग गर्न दिने घोषणा

कपन अनलाइन

काठमाडौं चैत्र १७।  गोकर्णेश्वर नगरपालिका वडा नं ३  का वडा अध्यक्ष  राजेन्द्रकुमार भण्डारीले पनि विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (COVID-19) को रोकथाम तथा प्रतिकार्यको लागी  गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा बासिहरुको  स्वास्थ्यको मध्यनजर गर्दै आपतकालिन स्थितिमा आफ्नो निजो सवारी साधन  निशुल्क उपलब्ध गराउने भएका  छन  ।

लक डाउन को अवस्थामा रहेका वडा बासीलाइ  कुनै पनि किसिमको आपतकालीन स्वास्थ्य सेवा लिनु परेमा सहज ढुवानीका लागि आफ्नोबा ३ च ६७६  नं को गाडी उपलब्ध गराउन लागेको गोकर्णेश्वर नगरपालिका वडा नं ३  का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले कपन अनलाइनलाइ बताए। त्यस्तै उनले त्यस्तो अवस्था आएमा स्थानीय अमर बिष्टले पनि निशुल्क आफ्नो गाडी को व्यवस्था गर्ने जानकारी गराए।

त्यस्तो अवस्था आएमा  आफुलाई  ९८५१२३८६११मा  र  अमर बिष्टलाइ ९८५१२०५४७२मा सम्पर्क गर्न अनुरोध गरेका छन्।नेपाल सरकारले पूर्ण रुपमा लकडाउन गरेको आवस्था कुनै आपतकालीन अवस्था र जनताको सेवाका लागि आफ्नो सवारी साधन प्रयोग गर्न सक्ने घोषणा गरेका वडा अध्यक्ष भण्डारी यस समयमा सबैले सचेत बन्नु पर्ने बताएका छन ।

साथै उनले सबै भन्दा राम्रो क्वारेन्टाइन स्थल आफ्नो घर नै भएको र कुनै विशेष अवस्था आएमा  वडाले सहयोग गर्ने बताएका छन् । गोकर्णेश्वर नगरपालिका वडा नं ३  मा वडा बासीको  सहयोगका लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलि तयारी अवस्थामा रहेको जानकारी दिदै वडा अध्यक्ष  राजेन्द्र  भण्डारीले अति आवस्यक काम बाहेक घर बाहिर ननिस्कन पनि वडा बासीलाई अनुरोध गरेका छन् ।

उनले वडा बासीहरुलाई कुनै पनि बिदेशी मुलुकबाट आएको ब्यक्तिहरु र निजका पारिवारिक सदस्यहरुको आवत जावतको सम्पर्क बाट अन्य ब्यक्तिहरु टाढै बसी कोहि कसैलाई (कोभिड – १९)  कोरोना भाइरसको लक्षण देख्ना जनप्रतिनिधि लाइ खबर गर्न र आफ्नो  टोल छिमेकमा कोहि कसैलाई (कोभिड – १९)   कोरोना भाइरसको लक्षण देखिएमा वा कुनै समस्या भएमा र वडा बासीहरुमा दैनिक उपभोग्य सामाग्रीको अभाब भएमा पनि माथि उल्लेखित नम्बर सम्पर्क गर्न सकिने बताए। उनले उनले कोभिड १९ कोरोना भाइरसको महामारी बाट बच्नका लागि अहिले वडाले विदेश बाट आएका वडा बासीहरुको विवरण संकलन गरिरहेको बताएका छन  ।

उनले  त्यसको कुनै जानकारी भए आफ्नो वडाका जनप्रतिनिधिलाई खबर गर्नका लागि अनुरोध गरेका उनले अत्यावश्यक नभएका पसल, आदि खोलिरहेका र मानिसहरु बिभिन्न ठाउँमा घुम्न गईरहेको भन्ने जानकारीमा आएकाले यस संवेदनशील  घडीमा अविलम्ब ति ब्यबसायहरु बन्द गर्न/गराउनु हुनका साथै घुम्न निस्कनु हुने सबै आ-आफ्नो वासस्थानमा फर्की self-quarantine मा रहन पनि अनुरोध गरेका छन् ।  उनले वडाका बिभिन्न स्थानमा किटनाशक औषधी छर्कन लागिएको पनि जानकारी गराए  ।

तपाइँको प्रतिक्रिया ।