नेपाल कम्युनिस्ट पार्टी बुढानिलकण्ठको नेता कार्यकर्तालाई विशेष अपिल !

नेपाल कम्युनिस्ट पार्टी बुढानिलकण्ठको नेता कार्यकर्तालाई विशेष अपिल !

कपन अनलाइन

काठमाडौं ,चैत १६ ।

नेपाल कम्युनिस्ट पार्टी बुढानिलकण्ठ नगर कमिटीले नगरपालिकाका नेता तथा कार्यकर्ताहरुलाई विशेष अपिल गरेको छ।

कोभिड १९  कोरोनाको महामारी बाट  नगरवासीलाई सुरक्षित राख्ने बुढानिलकण्ठ नगरपालिकाको अभियानलाई सहज र प्रभावकारी बनाउनका लागि  १३ वटै वडा कमिटीका पदाधिकारी तथा पार्टी सदस्यलाई ठोस योजना बनाएर सक्रिय हुन् अपिल गरिएको छ ।

कमिटीका अध्यक्ष रविन अधिकारी र सचिव प्रदीप डंगोलले जारी गरेको अपिलमा आफ्नो र बुढानिलकण्ठ नगरवासीहरुको सुरक्षा र सहज जीवनयापनका लागि सक्रिय बन्न आग्रह गरिएको छ।

तपाइँको प्रतिक्रिया ।