आन्दोलनरत आदिवासी जनजाती र सरकारबीच वार्ता हुँदै

आन्दोलनरत आदिवासी जनजाति संयुक्त संघर्ष समिति र सरकारी वार्ता टोलीबीच अहिले केहिबेरमा वार्ता हुँदैछ । यसअघि तीन दलका शीर्ष नेता र समितिका प्रतिनिधिहरुबीच संविधानसभा भवन नयाँ बानेश्वरमा भएको वार्ता बिना निश्कर्ष टुङ्गिएको थियो । वार्तामा तीन दलका शीर्ष नेताहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिन गरेको आग्रहलाई समितिका प्रतिनिधिहरुले अस्वीकार गरेका थिए । वार्तापछि पत्रकाहरुसँग कुरा गर्दै आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले तीन दलले नियोजित रुपमा आन्दोलन असफल बनाउने षडयन्त्र गरिरहेको आरोप लगाउनुभयो ।

वार्तापछि सरकारी वार्ताटोलीका संयोजक टोपबहादुर रायमाझीले भने वार्ता सकारात्मक रहेको भन्दै छिट्टै सहमतिमा पुग्ने दाबी गर्नुभयो ।

११ प्रदेश मान्य नहुने र जातीय पहिचानसहितका प्रदेश बनाउनुपर्ने माग राखेर आदिवासी जनजाति संयुक्त संघर्ष समितिले बन्दसहितका विरोध कार्यक्रम गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।