स्वयंसेवा र सहयोगमा सक्रिय बन्न नेकपा बुढानिलकण्ठका नेता कार्यकर्तालाई प्रदेस कमिटि सदस्य द्वयको अपिल !
कपन अनलाइन
काठमाडौं ,चैत १६।
नेपाल कम्युनिस्ट पार्टी बागमती प्रदेस कमिटि सदस्य द्वय सुन्दर पुर्कुटी र उद्दव खरेलले कोरोना कोभिड १९ भाइरसको प्रकोप विरुद्ध लडन नेकपा बुढानिलकण्ठका नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेका छन ।
प्रदेस कमिटि सदस्य द्वयले यस विषम परिस्थितिमा स्थानीय सरकारले अगाडी बढाएका अभियान र कार्यक्रममा सक्रिय सहभागिता र संयोजनकारी भूमिका निर्वाह गर्नका लागि बुढानिलकण्ठ नगरपालिका बाट प्रतिनिधित्व गर्ने केन्द्रिय विभाग,निकाय जिल्ला कमिटि सदस्य ,शाखा कमिटिका अध्यक्ष ,सचिव र आमकार्यकर्ताहरुलाई अपिल गरेका छन।
नेकपा बुढानिलकण्ठका आम नेता तथा कार्यकर्ताहरुलाई नगरपालिकाले संचालन गरेका सचेतना ,राहत तथा विवरण संकलन गर्ने काममा जनप्रतिनिधि संगको सहकार्यमा स्वयंसेवी भूमिका निर्वाह गर्नका लागि अपिल गर्दै आफ्नो टोल छिमेकमा रहेका विदेस बाट आएका नागरिकको विवरण ,विपन्न तथा गरिव नागरिकको तथ्यांक उपलव्ध गराउन अनुरोध गरेको छ।
हेर्नुहोस अपिल :