बुढानिलकण्ठ ११ का रोहिंग्या आप्रबासीहरुलाई लायन्स क्लवको खाध्यान सहयोग

बुढानिलकण्ठ ११ का रोहिंग्या आप्रबासीहरुलाई लायन्स क्लवको खाध्यान सहयोग

कपन अनलाइन

काठमाडौं ,चैत १६।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१को फूड बैंक द्वारा बुढानिलकण्ठ नगरपालिका वडा नं ११ राम मन्दिरमा बसोबास गरिरहेका गैरकानुनी रोहिंग्या  आप्रबासीहरुलाई खाद्यान्न सहयोग गरेको छ ।केहि दिन अघि मात्र उनीहरुले आफ्ना केटाकेटी भोक भोकै भएको जानकारी गराएका थिए। उक्त खबर सामाजिक संजालमा आए पश्चात लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले उनीहरुलाई आज खाद्यान्न सहित स्यानीटाइजर समेत सहयोग गरेको हो।

उक्त खाद्यान्न वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का इमिडेट पास्ट गभर्नर  लायन अनन्त प्रसाद भेटुवाल रहेका थिए भने बिशेष अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारी वडा सदस्य बिनोद तामाङ, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का वर्तमान फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ , चिफ ए ओ जी लायन कर्मा गुरुङ,एरिया कोर्डिनेटर लायन धर्म शरण श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौं कपनका बर्तमान प्रेसिडेन्ट लायन देबेन्द्र थापा,लायन बिनोद सापकोटा, लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वरका प्रेसिडेन्ट लायन पूर्ण बहादुर तामाङ, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ बि १ का जोन चियरपर्सन लायन सबिन पन्थ एकीकृत महिला समाजकी भवानी देउजा लगायतको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का इमिडेट पास्ट डिस्ट्रिक गभर्नर   लायन अनन्त प्रसाद भेटुवालले  रोहिग्या शरणार्थि क्याम्प” मा रहेका ७७ परिवारका ८७ जना वालवालीका र ११ जना जेष्ठ नागरिकहरु सहित  १८५ व्यक्तिलाई चामल ११४० केजी, खाने तेल ७७ लिटर,नुन ७७ केजी, दाल १५४ केजी, फिनेल १० लिटर, हर्पिक १० लिटर, स्यानीटाइजर २ लिटर हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का इमिडेट पास्ट डिस्ट्रिक्टगभर्नर  लायन अनन्त प्रसाद भेटुवालले सरकारले गरेको लक डाउनका कारण बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा गैर कानुनी रुपमा बस्दै आएका रोहिंज्या आप्रबासीलाइ खाद्यान्नको अभाब भइ भोक भोकै बस्न बाध्य भएको सुचना प्राप्त भए अनुसार लायन्स क्लबको अन्तर्राष्ट्रिय सिद्धान्त अनुरुप सेवामुलक कार्यलाई अगाडी बढाउदै फुड बैंक द्वारा खाद्यान्न लगायतको अत्यावश्यक सामग्री उपलब्ध गराएको बताए ।उनले मानवताको नाताले उक्त कार्य गरेको भन्दै सो कार्यक्रमलाइ सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए। उनले हाल लायन्स क्लबले फुड बैंकमा सहयोग गर्ने अभियान चलिरहेको पनि बताए।

उनले हाल लायन्स क्लबले सहयोग गर्दै आएको बिभिन्न सामाजिक आश्रयस्थलमा सहयोग गर्नको लागि सहयोगी हातहरुले संयुक्त रुपमा संकलित रकम सामाजिक आश्रयस्थलहरुका आश्रितहरुलाई सहयोग गर्ने पनि बताए।उनले कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरण गर्नका निम्ति घरमै बसी नेपाल सरकार लगायत विश्व स्वास्थ्य संगठनको निर्देशन पालना गर्न अनुरोध गर्दै कोरोना भाईरसको प्रकोप नियन्त्रणका लागि आत्म संयम हुन र सचेतना अपाउन समेत सबैमा अपिल गरेका छन ।

कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का वर्तमान फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले कोरोना भाइरस कारण उत्पन्न विषम परिस्थितिमा ज्याला मजदुरी गरेर खाने परिवारलाई भोकै बस्न नपरोस र मानिसको बाच्न पाउने अधिकारको रक्षा गर्दै लायन्स क्लबको फुड बैंक द्वारा बिभिन्न ठाउमा खाद्यान्न वितरण गर्दै आएको र त्यो निरन्तर चल्ने पनि बताए ।

तपाइँको प्रतिक्रिया ।