शंखरापुर नगरपालिकामा विपद व्यवस्थापन समितिको आपतकालीन बैठक सम्पन्न
कपन अनलाइन
काठमाडौं चैत्र १५ । शंखरापुर नगर स्तरीय बिपद ब्यवस्थापन समितिको आपतकालीन बैठक चैत्र १४ गते साँखुमा सम्पन्न भएको छ। नगर प्रमुख सुवर्ण श्रेष्ठको अध्यक्षतामामा बसेको सो बैठकमा नगरपालिकाले कोरोना भाइरस र त्यसले निम्त्याउने जोखिम न्यूनीकरण गर्नको लागि नगरपालिकाले गरिरहेको तयारीको बारेमा जानकारी गराइएको थियो।
बैठकमा नगर प्रमुख सुवर्ण श्रेष्ठ सहित उप प्रमुख शुक्र लक्ष्मी श्रेष्ठ नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद चापागाई६ नं. वडाका वडा अध्यक्ष राधा कृष्ण श्रेष्ठ, महानगरीय प्रहरी प्रभाग साँखुका प्रमुख गोबिन्द पन्थी,पिपुल्स लाइफ कियर अस्पतालका डाइरेक्टर डा. राजन लुइटेल, सुष्मा कोइराला मेमोरियल अस्पतालका मेडिकल डाइरेक्टर डा. सन्तोष बिक्रम भण्डारी, नेकपाका काठमाडौं जिल्ला सदस्य एलपि श्रेष्ठ, राप्रपाका जिल्ला सदस्य रमेश नापित, शंखरापुर ब्यापार समुहका अध्यक्ष सुरेन्द्र श्रेष्ठ लगायत जनप्रतिनिधि र विपद व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
उक्त बैठकमा बोल्दै नगर प्रमुख सुवर्ण श्रेष्ठले शंखरापुर नगरपालिका भित्रका बिपन्न र ज्याला मजदुरी गरि खाने बर्गको लागि लकडाउनको समयमा खाद्यान्न समस्या देखिए नगरपालिकाले सहयोग गर्ने बताए । उनले त्यसको लागि घर धनीको सिफारीस सहित फारम भरार्इ लगत संकलनको ब्यवस्था गरिने बताए ।उनले लकडाउनको समय अवधि बढने सम्भावना भएकोले शंखरापुर नगर भित्र शंखरापुर ब्यापार समुह सँग सहकार्य गरेर खाद्यान्न आपूर्ति तथा ब्यवस्थापन गरिने जानकारी गराए ।
त्यसै गरि ९ वटै वडामा हेल्पडेक्स स्थापना गरि काम अगाडि बढाइ रहेको जानकारी गराउदै उनले ठाउँ ठाउँमा साबुन पानिले हात धुने ब्यवस्था , पर्चा वितरण जनचेतना मुलक ब्यानर टास्ने काम र प्रहरी सँगको सहकार्यमा माइकिङ्ग गरि सचेतना जगाउने कार्यक्रमहरू गरि रहेको जानकारी गराए । उनले वडा स्तरीय बिपद ब्यवस्थापन समितिको बैठक राखि उक्त समिति मार्फत काम अगाडि बदाउन बैठकमा सहभागि वडा अध्यक्षहरूलाइ निर्देशन समेत दिएका थिए ।
तयारीकै क्रममा २० हजार माक्स ब्यवस्था गरेको मा १२ हजार माक्स बितरणको लागि पठाएको र ८ हजार माक्स यदि संक्रमण भइहालेको खण्डमा रोकथामको लागि प्रयोगमा ल्याउन संचित गरेको बताए। उनले सेनिटाइजर बनाउन कच्चा पदार्थको ब्यवस्था गरिएको पनि जानकारी गराए । उनले तत्काल इन्द्रयणीमा रहेको स्वास्थ्य केन्द्रमा क्वारेनटाइनको ब्यवस्था गरिने र आवश्यकता अनुसार जर्सिङ्ग पौवा , साँखुको स्वास्थ्य चौकी, बालक्षेत्र नेपाल र सलम्बुटारको सामुदायिक भवनमा क्वारेनटाइनको ब्यवस्था गरिने पनि बताए ।बैठकमा शंखरापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद चापागाईले शंखरपुर नगरपालिकामा बिदेश बाट हालसालै मात्र आएका १३ जनाको नाम संकलन गरि उनिहरूको स्वास्थ्य अवस्था बारे जानकारी लिइरहेको ताउदै कोरोना भाइरसको कुनै लक्षणहरू देखा नपरेको जानकारी गराए ।
आफु नै अनुशासनका साथ छुट्टै बस्नु बाहेक यो रोगको उपचार गर्न अहिले सम्म कुनै औषधी पत्ता नलागेको अवस्थामा लकडाउनको पुर्ण पालना गर्नुको बिकल्प नरहेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रमुख गोबिन्द पन्थीले बताए । सुरक्षाकर्मी पनि मानिसै भएकोले आवश्यक ब्यवस्था नभइकन पनि जनताको सेवामा निरन्तर लागि रहेको बताए ।बैठकमा ६ नं. वडाका वडा अध्यक्ष राधा कृष्ण श्रेष्ठले भगवान भरोसाको अवस्थामा बस्नु परेको बताउदै समस्याको समाधनको लागि जनप्रतिनिधि हैसियतले सकृय भएर लागेको जानकारी गराए ।उनले आपतकालीन अवस्था बाहेक कोहि पनि घर बाहिर ननिस्कन समेत अनुरोध गरेका थिए ।
बैठकमा सुष्मा कोइराला मेमोरियल अस्पतालका मेडिकल डाइरेक्टर डा. सन्तोष बिक्रम भण्डारीले शंका लागेर ८ १० जना बिरामीहरू चेक जाँचको लागि अस्पतालमा आएको तर उनिहरूमा सामान्य रूघा खोकी बाहेक कोरोना भाइरसको लक्षण नदेखिएको जानकारी दिदै २ वटा बेडलाइ आइसुलेसन वार्डको रूपमा ब्यवस्था गरिएको र आवश्यक परे अस्पतालका अन्य कोठाहरुमा समेत आर्इसुलेसन वार्डक रूपमा राखिने बताए ।त्यसै गरि निजि अस्पतालले कोरोनाको उपचार गर्न मानेन भनेर आरोप लगाउने गरेता पनि आवश्यक प्रविधि नभएपनि समन्वयात्मक हिसाबले नगरबासिलाइ सहयोग गरि रहेको पिपुल्स लाइफ कियर अस्पतालका डाइरेक्टर डा. राजन लुइँटेलले बताए ।उनले बैठकमा आफ्नो धारणा राख्दै आफ्नो अस्पताललार्इ सरकारले सरकारीकरण गरेर संचालन गर्न चाहे आफु तयार रहेको बताए ।
बैठकमा नेकपाका काठमाडौं जिल्ला सदस्य एलपि श्रेष्ठले वर्तमान हाम्रो मानसिकतामै परिवतन गरि आत्मविश्वासका साथ अगि बढे कोरोना भाइरसलार्इ पराजित गर्न सकिने बताउदै सर्तक भएर घरमै बस्न आग्रह गरेका थिए । त्यसै गरि लकडाउनको अवस्थाले खाद्यान्न संकट आउन लागेको बेला नगरपालिका भित्र रहेका तरकारीहरू बाहिर जान थालेकोले त्यसलाइ रोक्नु पर्ने बिचार ब्यक्त गर्दै संकटको बेलामा सहयोग नगर्ने जो कोहिलाइ पनि कारबाहि गर्नु पर्ने बताए ।
राप्रपाका जिल्ला सदस्य रमेश नापितले कोरोना भाइरसको महामारीको बेलामा सबै एकजुट भएर लाग्नु पर्ने र नगरपालिकाले संचालन गरीने कार्यहरूमा आफुहरु को पनि सकृय सहभागिता रहने बताउदै सुचना सम्प्रेषणमा रहेको कमि कमजोरी हटाउन बैठकमा सुझाब दिएका थिए ।बैठकमा शंखरापुर ब्यापार समुहका अध्यक्ष सुरेन्द्र श्रेष्ठले खाद्यान्न आपूर्ति सहज गर्न नगरपालिका र सुरक्षा निकायको सहयोग आवश्यक रहेको बताउदै २।३ महिनालाइ खाद्यान्न अभाव हुन नदिन पहल गर्ने जानकारी गराए ।
त्यसै गरि हिजो नै ६ नं. वडा स्तरीय बिपद ब्यवस्थापन समितिको बैठक बसि बिपद ब्यवस्थापन कोष खडा गर्ने निर्णय गर्नुको साथै उक्त कोषमा ६ नं वडा अध्यक्ष राधा कृष्ण श्रेष्ठले रू २५ हजार, वडा सदस्य द्वय ज्ञान रत्न मानंनधर र श्रीराम श्रेष्ठले रू ५ ।५ हजार राख्ने निर्णय गरिएको वडा सदस्य श्रीराम श्रेष्ठले जानकारी दिए। त्यस्तै ब्यापारीहरू सँग सहकार्य गरी वडा नं.६मा खाद्यान्न संकट आउन नदिनेपनि जानकारी गराए ।
फोटो :शंखरापुर न्युज