चिनियाँ नाका खोल्ने नेपाल सरकारको निर्णय
कपन अनलाइन
काठमाडौं ,चैत १२।
माघ १५ देखि बन्द चिनतर्फका दुई नाकाबाट समान आयात/निर्यात गर्ने गरी खुलाउने निर्णय सरकारले गरेको छ ।उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबारको बैठकले चिनियाँ नाका खुला गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएसँगै ५० चीनतर्फको रसुवागढी र तातोपानी नाका बन्द छ।
गत सातासम्म नेपालले आवतजावतमा विस्तारै चारैतिरबाट कडाइ गर्दै लगेकाले तत्काल चिनियाँ नाका खोल्न चाहेको थिएन्। भारतबाट आयात सुचारु रहेको, समान्य अवस्थामा भन्दा आयातमा समस्या देखिइसकेको लगायत कारणले केहि दिनयता नेपालका सरकारी अधिकारीहरु चिनियाँ नाका खोल्न सहमत भएका हुन्।
गत सोमबार अर्थमन्त्री युवाराज खतिवडाले आपूर्ति प्रणाली सहज गराउन चिनतर्फको नाका खोल्न छलफल गरिरहेको बताएका थिए। नयाँ वर्षको अवसर पारेर गत माघ १५ देखि चिनियाँ पक्षले केही दिनका लागि यी नाका बन्द गरेको थियो।
तपाइँको प्रतिक्रिया ।