आपतकालीन समस्या परेमा जनप्रतिनिधिलाई सम्पर्क गर्नुहोला : प्रकास अधिकारी (प्रमुख, टोखा नगरपालिका )

आपतकालीन समस्या परेमा जनप्रतिनिधिलाई सम्पर्क गर्नुहोला  : प्रकास अधिकारी (प्रमुख, टोखा नगरपालिका )

कपन अनलाइन

काठमाडौं ,चैत १२।

टोखा नगरपालिकामा कोभिड १९ कोरोना भाइरसको महामारी बाट बच्नका लागि आवस्यक तयारीमा रहेको  नगर प्रमुख प्रकास अधिकारीले बताएका छन।

कुनै आपतकालीन अवस्था आएको खण्डमा टोखा नगरपालिका भित्र रहेका निजि तथा सामुदायिक विद्यालयहरुलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न तयारी अवस्थामा राखिएको जानकारी दिदै नगर प्रमुख अधिकारीले विदेस बाट पछिल्ला दिनमा विदेस बाट आएका नगरवासीको तथ्यांक संकलन तथा स्वास्थ्य परिक्षणका लागि जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुलाई  परिचालन गरेको बताए।

त्यस्तै लकडाउनको समयमा नगरवासीको सुरक्षा तथा स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षाकर्मी परिचालन गरिएको र  कुनै पनि आपतकालीन अवस्था आएको खण्डमा संम्बन्धित वडाका जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिने प्रमुख अधिकारीले जानकारी दिए।

टोखा नगरपालिकाका केहि स्थानमा लकडाउनको पहिलो दिन नगरवासीले अबज्ञा गरेको सुचना प्राप्त गरेपछि सो क्षेत्रमा सुरक्षा जांच बढाएको र अति आवस्यक काम नपरी घर बाट बाहिर ननिस्कन नगर प्रमुख अधिकारीले अनुरोध गरेका छन।

हालसम्म नगरपालिका भित्र कुनै पनि विशेष र संकास्पद घटना नदेखिएकोले आगामी दिनमा सबैले सरकारको निर्देशन मानेर सुरक्षित रहन आग्रह गर्दै उनले जनताको सेवामा रहन सबै जनप्रतिनिधि तयार अवस्थामा रहेको जानकारी दिए ।

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।