क्वारेन्टाइनका लागि विद्यालय उपलव्ध गराउने ज्ञानप्रकाश एकेडेमी बुढानिलकण्ठ ११ को घोषणा
कपन अनलाइन
काठमाडौं ,चैत १२।
ज्ञानप्रकाश एकेडेमी बुढानिलकण्ठ ११ ले आफ्नो विद्यालय क्वारेन्टाइनका लागि बुढानिलकण्ठ नगरपालिकालाई उपलव्ध गराउने घोषणा गरेको छ ।
विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसलाई नेपालमा नियन्त्रणको लागि सराकारले गरेको अनुरोध साथै आफ्नो सस्थाको सामाजिक उत्तरदायित्वलाई मनन गर्दै आफूहरुले पनि महामारी नियन्त्रण अभियानमा सहयोगको लागि उक्त स्थान प्रयोग सकिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम मिश्रले जानकारी दिएका छन।
नेपालमा कोरोना भाइरस (कोभिड–१९)को प्रभाव परिसकेकोले अब सरकार, निजी क्षेत्र र नेपाली जनताले आ–आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्ने र सचेतना अपनाउनुपर्ने बताउदै कोरोनाको पोजिटिभ केश देखिईसकेको र नेपालमा यसको महामारी रोक्नका लागि सरकारले चालेको कदमको विद्यालयले स्वागत गरेको छ ।
त्यस्तै यस अवस्थामा कुनै पनि किसिमको सहयोग गर्ने र आफ्नो विद्यालयको स्थान नगरपालिकाले निर्वाध रुपमा प्रयोग गर्न सक्ने जानकारी दिदै यस्तो संवेदनशील समयमा सबैले संयम र सावधानी अपनाउन पनि विद्यालयले अनुरोध गरेको छ ।