बौद्ध महाँकालमा कोरोना बाट बच्नका लागि हात धुने अभियान

बौद्ध महाँकालमा कोरोना बाट बच्नका लागि हात धुने अभियान

कपन अनलाइन

काठमाडौं ,चैत ८ /अनिस न्यौपाने 

काठमाडौं महानगरपालिका वडा नं ६  महाँकालमा कोरोना बाट बच्नका लागि हात धुने अभियानको थालनी गरिएको छ ।

उक्त स्थानमा हात धुने व्यवस्था गर्न ट्यांकी स्थापना गर्नका लागि स्थानीय समाजसेवी दिनेस खनालले सहयोग गरेका थिए भने त्यसका लागि अन्य स्थानीय युवा र समाजसेवीहरुको पनि सक्रिय सहभागिता रहेको थियो ।

यश अभियानमा सक्रिय भूमिका खेल्ने समाजसेवी राजेश ढुङ्गानाले हात धुने अभियान ले गर्दा मानिसहरुमा सचेतना आएको बताए भने ट्भयांकी स्योथापना गर्न सहयोग गर्ने खनालले जनताको स्तर बाट गरिएको  यो सानो प्रयास भएको बताएका छन   ।

त्यस्तै सो  बाटो हिड्ने बटुवा राधेश्याम धितालले  महानगरका सबै चोकहरुमा यस्तै  हातधुने व्यवस्था हुनुपर्ने धारणा राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।