लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१को सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर पदमा लायन दिपेन्द्र शाक्यको उम्मेदारी दर्ता

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१को सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर पदमा लायन दिपेन्द्र शाक्यको उम्मेदारी दर्ता

कपन अनलाइन

काठमाडौँ, चैत्र ७। २०७६ साल चैत्र २२ गते शनिवार लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ को बिराटनगरमा हुन लागेको आठौँ महाधिवेशनमा सेकेन्ड भाइस डिस्ट्रिक गभर्नरमा लायन्स क्लब अफ दोलखा बाट लायन दिपेन्द्र शाक्यले उम्मेदवारी दर्ता गराएका छन् । फागुन ५ गते बिराटनगरको लायन्स बिल्डिंगमा एक कार्यक्रमको बिचमा लायन दिपेन्द्र शाक्यले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

लायन वर्ष २०२० -२१को लागी क्लबले आफु लाइ अघि सारेको बताउदै त्यसमा आफुले उम्मेदवारी दिएको बताएका हुन् ।लायन्स क्लब अफ दोलखाका प्रेसिडेन्ट लायन उत्तम मल्लले सेकेन्ड भाइस डिस्ट्रिक गभर्नरको रुपमा क्लबले लायन दिपेन्द्र शाक्यलाइ अघि सारेको बताएका छन् ।लायन दिपेन्द्र शाक्य २०७६ साल चैत्र २२ गते शनिवार लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ को बिराटनगरमा हुन लागेको आठौँ महाधिवेशनमा सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर पदमा उम्मेदवारि दिने पहिलो ब्यक्ति भएका छन् ।

बिराटनगरमा भएको सो उम्मेदवार दर्ता कार्यक्रममा पूर्व लायन्स डिस्ट्रिक गभर्नर लायन लिला कुमार ढुंगेल ,हालका डिस्ट्रिक गभर्नर लायन इन्द्र खत्री लायन (राजन) सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्की लायन्स क्लब अफ दोलखाका प्रेसिडेन्ट उत्तम मल्ल लगायतको उपस्थिति रहेको थियो । लायन दिपेन्द्र शाक्य सन् १९९३ जुलाई १ बाट लायन क्लब अफ दोलखा बाट लायानिजम को यात्रा शुरु गरेका थिए।

उनि सन् १९९३देखि सन् १९९७ सम्म लायन्स सदस्यको रुपमा काम गर्दै १९९७-१९९८मा टेल ट्वीस्टर १९९८-१९९९ सम्म टेमर, सन् १९९९-२००० सम्म जोइन्ट ट्रेजररको रुपमा काम गरिसकेका छन भने सन् २०००-२००१ सम्म जोइन्ट सेक्रेटरी हुदै २००१ देखि २००२ सम्म जोइन्ट सेक्रेटरी ,त्यसै गरि सन् २००२ देखि २००३ क्लब ट्रेजरर, सन् २००३ देखि २००४ सम्म क्लब सेक्रेटरी, सन् २००४ देखि २००५ सम्म क्लब प्रेसिडेन्ट हुदै पुन २००५ देखि २००६ सम्म क्लब प्रेसिडेन्ट, फेरी पनि सन २००६ देखि २००७ सम्म क्लब प्रेसिडेन्ट भइ काम गरेको अनुभब रहेको छ।

त्यस्तै सन २००६ देखि २००७ माडिस्ट्रिक ३२५ ए१को जोन चियर पर्सन, सन् २००९ देखि २०१० डिस्ट्रिक ३२५ ए१को डिस्ट्रिक साइट फर्स्ट कमिटी मेम्बर ,सन २०१० देखि २०११ सम्म डिस्ट्रिक ३२५ ए१ को रिजन चियर पर्सन हुदै सन् २०१२ देखि २०१३ सम डिस्ट्रिक ३२५ ए१को एडीसनल क्याबिनेट सेक्रेटरी,हुदै सन् २०१३ देखि २०१४ सम्म डिस्ट्रिक चियरपर्सन साइट फर्स्ट कमिटिको रुपमा काम गरिसकेका छन्। त्यस्तै सन् २०१४ देखि २०१५ मा डिस्ट्रिक चियरपर्सन एन एल एफ कमिटिमा रहेर काम गरेका छन् भने सन् २०१५ देखि २०१६ सम्म डिस्ट्रिक क्याबिनेट सेक्रेटरीको भूमिका सफलता पुर्बक निभाएका थिए ।

त्यस्तै सन् २०१६ देखि २०१७मा डिस्ट्रिक गभर्नर (Aide)को रुपमा ,सन् २०१७ देखि १८ सम्म सिनियर एड्भाइजर, सन् २०१८-२०१९ र सन् २०१९२०२० मा पनि सिनियर एड्भाइजरको रुपमा काम गरिसकेका छन भने सन् २०१९-२०२० मा उनि क्लब सेक्रेटरीको रुपमा काम गर्दै आएका छन भने लायन्स क्लब बाहेक पनि उनले बिभिन्न सामाजिक कार्यमा आफुलाई सक्रिय बनाउदै आएका छन । २०७६ साल चैत्र २२ गते शनिवार लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ को बिराटनगरमा हुन लागेको आठौँ महाधिवेशनमा सेकेन्ड भाइस डिस्ट्रिक गभर्नरमा लायन्स क्लब अफ दोलखा बाट लायन दिपेन्द्र शाक्यले उम्मेदवारी दर्ता गराएका हुन्।

२०७६ साल चैत्र २२ गते शनिवार हुने लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ को आठौँ महाधिवेशनमा डिस्ट्रिक गभर्नरमा लायन टंक बहादुर श्रेष्ठलाइ १०० प्रतिशत एस भोट र फर्स्ट भाइस डिस्ट्रिक गभर्नरमा लायन रेवत बहादुर कार्कीलाइ पनि १०० प्रतिशत एस भोट र सेकेन्ड भाइस डिस्ट्रिक गभर्नरमा आफुलाई अत्याधिक मतले बिजयी गराउनको लागि सबै लायन सदस्यहरुलाई अनुरोध गरेका छन । उम्मेदवारी दर्ता कार्यक्रममा पूर्व लायन्स डिस्ट्रिक गभर्नर लायन लिला कुमार ढुंगेल ,हालका डिस्ट्रिक गभर्नर लायन इन्द्र खत्री लायन (राजन) सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्की लगायतले बधाई एबम सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।