लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१को सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर पदमा लायन लायन कर्मा गुरुङको उम्मेद्वारी घोषणा

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१को सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर पदमा लायन लायन कर्मा गुरुङको उम्मेद्वारी घोषणा

कपन अनलाइन

काठमाडौँ, चैत्र ७। २०७६ साल चैत्र २२ गते शनिवार लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ को आठौँ महाधिवेशनमा सेकेन्ड भाइस डिस्ट्रिक गभर्नरमा लायन्स क्लब अफ काठमाडौं प्रोफेसनल बाट लायन कर्मा गुरुङले उमेद्द्वारी दिने भएका छन् । फागुन २१ गते काठमाडौंको नक्साल स्थित स्टार भेन्युमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उनले लायन वर्ष २०२० -२१को लागी क्लबले आफु लाइ अघि सारेको बताउदै त्यसमा आफुले उम्मेदवारी दिने घोषणा गरेका हुन्।

उक्त कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं प्रोफेसनल का चार्टर प्रेसिडेन्ट तथा डिस्ट्रिक का रि कन्स्ट्रक्सन चिफ लायन अरबिन्द जोशीले उम्मेदवारको परिचय गराएका थिए। उनले लायन बर्ष २०१२०/२०२१ को डिस्ट्रिक ३२५ ए वानको सेकेन्ड भाइस डिस्ट्रिक गभर्नरमा आफ्नो होम क्लबका सिनियर लायन कर्मा गुरुङलाइ बनाउने प्रस्ताव गत महिनमा नै गरेको जानकारी गराए।

उनले बिगत धेरै बर्ष देखि यस अवसरको प्रतिक्षामा रहेको तर समय नआए सम्म केहि नहुने भन्दै उनले २३ बर्ष पछि लायन्स कर्मा गुरुङ डिस्ट्रिक ३२५ ए को सेकेन्ड डिस्ट्रिक भाइस गभर्नर बन्न मनोनित भएका जानकारी गराए। १९९७ देखि लायन्समा प्रबेश गरेका कर्मा गुरुङले लायन्स क्लबमा प्रवेश गरे पश्चात लायन्सको क्षेत्रमा आफ्नो होम क्लब तथा विभिन्न डिस्ट्रिकमा बसी सफल नेतृत्व दिईसकेका बताए ।

उनले आफनो डिस्ट्रिकलाइ आगाडी बढाउन र लायानिजम को क्षेत्रमा बिसेष योगदान गरेका उनले लायन्स क्लब बाहेक समाजमा व्यक्तिगत रुपमा पनि विभिन्न संस्थामा आबद्ध भई समाज सेवा, समाजको उन्नति तथा प्रगतिको लागि कार्य गर्दै आएको बताए।उनले समाज सेवालाई माया गर्ने लायन मित्र पाउनु हाम्रो क्लब काठमाडौँ प्रोफेसनल गौरव गर्ने भन्दै समाज सेवालाई सधैभरी समर्पित गर्ने लायन मित्र कर्मा गुरुङले डिस्ट्रिक गभर्नरको नेतृत्व पाएमा अग्रजको लिडरको कार्यलाई ध्यानमा राख्दै क्लबलाइ अझ माथि उठाउन / अन्तर्राष्ट्रिय स्तरमा आगाडी बढाउन सक्ने भन्दै उनले लायन्स क्लब डिस्ट्रिक ३२५ ए१को आठौ माहाधिबेशनमा सेकेन्ड भाइस डिस्ट्रिक गभर्नरको रुपमा मतदान गरि निर्वाचित गराउन को लागि सबैलाई अनुरोध गरेका थिए ।

सोहि उम्मेदवारी घोषणा कार्यक्रममा आफ्नो धारणा राख्दै लायन कर्मा गुरुङले क्लबले आफुलाई योग्य सम्झिएर क्लबका साथिहरिलाई आफ्नो नाम चयन गरेकोमा ह्रदय देखि नै धन्यवाद दिएका थिए ।उनले डिस्ट्रिक ३२५ ए१ संसारको नं १ भएको सबैलाई अबगत नै रहेको र इमिडेट पास्ट डिस्ट्रिक गभर्नर अनन्त भेटवाल आएपछि लायन्स मेम्बर शिप ग्रोथमा संसारमा नं १ भएको अबगत गराए। उनले नं १ हुनुमा लायन डिस्ट्रिक गभर्नर इन्द्र खत्री राजनको पनि ठुलो योगदान भएको चर्चा गर्दै उनले त्यसमा सबै लायन्स लिडर तथा सदस्यहरुको साथ् सहयोग र गभर्नरको असल नेतृत्वको कारण भएको बताए। उनले सबै जना मिले जे पनि हुने उनले बताए।

गभर्नरको बाँकि कार्यकाललाई सफल बनाउन आफुले साथ दिने प्रतिबद्धता पनि जनाए। उनले अपकमिंग डिजी लायन टंक बहादुर श्रेष्ठकोको कार्यकालको प्लान र प्रोग्रामलाई १०० % सफल बनाउन आफु लागि पर्ने जनाउदै अपकमिंग फस्ट भाइस डिस्ट्रिक गभर्नर रेवत बहादुर कार्कीको कार्यकाललाई पनि सफल बनाउन आफु दिल र ज्यानले लागि पर्ने बताए। उनले त्यसमा सबै लायन सदस्यहरुको साथ र सहयोगको अपेक्षा गरेका थिए।

उनले आफु लायन्समा लागेको २३ बर्ष भएको र सन् २००२/ २००३ मा प्रेसिडेन्ट भएर कार्य गरेको बताउदै सन्२००४/ २००५ मा रिजन चेयरपर्सन भएर काम गरेको र प्रेसिडेन्ट नभएको बेलामा २००१ / २००२ मा नै डिस्ट्रिक चेयरपर्सन को बिल्डिङ कमिटी बनाएको जसमा १२ जना सदस्य थिए। जसमा आफु पनि सदस्य को रुपमा काम गरेको जानकारी गराउदै त्यो बेला अहिले अफिस भएको बिल्डिङ खरिद गरेको जानकारी दिए।

उनले सन् २००६/००७ मा डिस्ट्रिक एडभाइजर् र २००७/ ००८ मा ज्वाइन क्याबिनेट प्रेसिडेन्ट र २०१२/ १३ मा एक्ज्युटिभ एड्भाइजर भएर काम गरेको त्यसपछि पनि सन् २०१४/ १५ मा सिनियर काउन्सिलर , २००१५/१० चिफ पब्लिक रिलेसन अफिसर, २००१७/ १८चिफ पब्लिक रिलेसन अफिसर, २००१८/ १९ मा चिफ एम्बेसडर अफ गभर्नर र अहिले २००१९/ २०२० मा पनि चिफ एम्बेसडर अफ गभर्नर भएर डिस्ट्रिकमा सेवा गर्दै आएको जानकारी गराए । उनले लाइनजिम बाहेक अन्य संघ संस्थामा पनि आबद्ध रहेर कार्य गर्दै आएको अबगत गराउदै केन्द्रीय गलैचा उद्योग संघमा २०५८ देखि एक्ज्युटिभ बोर्डमा ५ बर्ष रहेर कार्य गरेको, त्यस बेलामा एज एक्टिङ जनरल सेक्रेटरी भएर पनि कार्य गरेको बताए ।

उनले रास्ट्रिय प्रकृति संरक्षण कोषमा पनि ३ बर्ष सदस्य भएर काम गरेको बताए।श्रम मन्त्रालय अन्तगर्तको कमिटीमा पनि बसेर काम गरेको जानकारी गराएका थिए। उनले बिभिन्न संघ सस्थामा आजीवन सदस्य को रुपमा रहेको जानकारी गराए।जसमा लाइफ मेम्वर मनांग मस्र्याङदी क्लब, ढाका सेवा समाज समितिको लाइफ मेम्वर, नेपाल लाइफ फाउन्डेसनको पनि लाइफ मेम्वर ,ह्युमन राईट्स एण्ड पिस सोसाइटीको लाइफ मेम्वर नेपाल, म्यानमार फ्रेन्डशिप सोसाइटीको पनि लाइफ मेम्वर ,टि.यु ब्लड बेंकको पनि लाइफ मेम्वर,तातो पानी कुण्डको पनि लाइफ मेम्वरको रुपमा रहेको जानकारी गराउदै २०७६ साल चैत्र २२ गते शनिवार हुने लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ को आठौँ महाधिवेशनमा डिस्ट्रिक गभर्नरमा लायन टंक बहादुर श्रेष्ठलाइ १०० प्रतिशत एस भोट र फर्स्ट भाइस डिस्ट्रिक गभर्नरमा लायन रेवत बहादुर कार्कीलाइ पनि १०० प्रतिशत एस भोट र सेकेन्ड भाइस डिस्ट्रिक गभर्नरमा आफुलाई अत्याधिक मतले बिजयी गराउनको लागि सबै लायन सदस्यहरुलाई अनुरोध गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।