बुढानिलकण्ठ ११ का महिला समुहले सरकारको निर्देशन मानेनन्
कपन अनलाइन
काठमाडौं ,चैत ७।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का महिला समुहले सरकारले जारि गरेको निर्देशनको अवज्ञा गरेका छन । नेपाल सरकारले २५ जना भन्दा बढी भेला नहुने र कुनै पनि कार्यक्रमको आयोजना नगर्नु भनि जारि गरेको सुचनाको बेवास्ता गर्दै वडा नं ११ को कपन संगीत सरोवरमा डल्ले साबुन बनाउने तालिमको समापन कार्यक्रम आयोजना गरिएको हो ।
विश्व भर फैलिएको कोभिड १९ को महामारी बाट बच्न सचेतना अपनाउनु पर्ने अवस्थामा स्वास्थ्य प्रति निकै असंवेदनशील बन्दै उक्त कार्यक्रम आयोजना गरिएकोमा सरोकारवालाले आक्रोश व्यक्त गरेका छन ।
बुढानिलकण्ठ नगरपालिका उपप्रमुख रमा राइको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा जोखिम बाट बच्ने कुनै पनि उपाय नअपनाएको एक सहभागीले बताइन ।
छ दिन सम्म चलेको सो तालिमको समापन गर्न यसरि हतार गर्नुलाई लापरवाहीको रुपमा लिनुपर्ने र यसका आयोजकले गरेको गल्तीलाई गम्भीर रुपमा लिनुपर्ने स्वास्थ्य कार्यालयका एक कर्मचारीले बताएका छन।