फेरि बढ्यो लोडसेडिङ्ग, अब दैनिक १२ घण्टा बिजुली

अशोकराज पाण्डे,२३ माघ – दैनिक ११ घण्टा विद्युत कटौती खेपिरहेको नेपालीले फेरी १ घण्टा बोनस स्वरुप थप लोडसेडिङ्ग पाएका छन् । हाल दैनिक ११ घण्टा हुँदै आएको विद्युत कटौती बढाएर १२ घण्टा पुर्याइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यससँगै अब नेपालीले २४ घण्टामा १२ घण्टा विद्युत पाउने भएका छन् ।Fullscreen capture 282014 123447 PM

माघ २६ गतेदेखि लागू हुने गरि बढाइएको विद्युत कटौतीको समय अनुसार अब साताको ८४ घण्टा विद्युतभार कटौती हुनेछ । यस अघि हप्तामा ८० घण्टा विद्युत कटौती हुँदै आएको थियो । प्राधिकरणले परिस्थित अनुकुल र प्रतिकुल भएको समयमा आकस्मिक १ घण्टा विद्युत कटौती थपघट हुनेछ भने औद्योगिक क्षेत्रको हकमा भने छुट्टै तालिका अनुसार विद्युतभार कटौती हुने पनि प्राधिकरणले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।