कपन बाट मास्क कालो बजारी गर्ने पक्राउ

कपन बाट मास्क कालो बजारी गर्ने पक्राउ

कपन अनलाइन

काठमाडौं ,चैत २।

कपनबाट मास्क कालोबजारी गर्ने गिरोहलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ ।

३ रुपैयाँमा खरिद गरेर ४० रुपैयाँसम्ममा मास्क बिक्री गरेको आशंकामा काठमाडौं प्रहरीले विशेष अपरेशन चलाएको हो । जसअनुसार शनिबार ७८ हजार मास्क सहित ८ जना पक्राउ परेका थिए ।

अपरेशनको निरन्तरता दिँदै प्रहरीले आइतबार डेढ लाख वटा सर्जिकल मास्क बरामद गरेको छ । कपन क्षेत्रमा प्रहरीले चलाएको यो अपरेशन अझै जारी छ । त्यसैले बरामद संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ।

यसक्रममा केही व्यक्ति पक्राउ पनि परेका छन् । उनीहरुको परिचय खुलाइएको छैन ।

आइतबार कपनबाट समातिनेको परिचय गोप्य राखिएको छ ।
शनिबार मञ्जुश्री सप्लायर्सका गोदाम मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी-९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय, नृप कार्की, काभ्रेका गणेश तामाङ र रामेछापका शिव खड्का पक्राउ परेका थिए ।

उनीहरुविरुद्ध प्रहरीले कालोबजारी ऐनअनुसार म्याद थप गरेर अनुसन्धान थालेको छ । कोरोनाको संक्रमण फैलिएसँगै विभिन्न कम्पनीले मास्कको स्टक लुकाएको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।

तपाइँको प्रतिक्रिया ।