कपनमा भ्याली च्याम्पियनशीप तेक्वान्दो प्रतियोगिता हुने

अशोकराज पाण्डे/माघ २१–काठमाडौं जिल्ला खेलकूद विकास समिति र आरम्भ यूवा क्लबको आयोजनामा यहि माघ २५ र २६ गते माउण्ट एभरेष्ट ईङ्गलिश स्कूल कपनमा प्रथम माउण्ट एभरेष्ट तेक्वान्दो भ्याली च्याम्पियनशीप प्रतियोगिता हुने भएको छ । पुरुषको ११ वटा वजन समूह र महिलाको ९ वटा वजन समूहमा प्रतिस्पर्धा हुने प्रतियोगितामा १/१ वटा पुरुष र महिलाको पुम्से पनि रहने छ ।

उक्त प्रतियोगिताका विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र उपलब्ध गराईने प्रतियोगिता संचालक समितिका संयोजक रोशन बोहराले कपन अनलाईनलाई बताए । २५ गते बिहान हुने उद्घाटन समारोहमा नेपाल गणतान्त्रिक खेलकूद महासंघका केन्द्रीय अध्यक्ष जयेन्द्र चन्दको प्रमुख आतिथ्यता रहने कुरापनि बोहराले बताए भने २६ गते सम्पन्न हुने प्रतियोगिताको प्रमुख आतिथ्यता कसको रहने भन्ने बारे टुङ्गो नलागेको पनि उनले बताए ।

कपन गाविस एंव काठमाडौंको खेलकूद विकास थपलियाको आर्थिक सहयोग रहने कार्यक्रमले खेलकूद मार्फत यूवा पुस्तालाई एकीकृत गर्न सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ ।

तपाइँको प्रतिक्रिया ।