राष्ट्रव्यापी महिला बुद्धिचालको उपाधि सुजनालाई ,बुढानिलकण्ठकी आभा चौथो स्थानमा

राष्ट्रव्यापी महिला बुद्धिचालको उपाधि सुजनालाई ,बुढानिलकण्ठकी आभा चौथो स्थानमा

कपन अनलाइन

काठमाडौं ,फागुन २६।

गोल्डेनगेटकी सुजना लोहनीले हेरामाया श्रेष्ठ स्मृति राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगिताको उपाधि जितेकी छन् । आइतबार सम्पन्न सात चरणको खेलमा सुजनाले ६.५ अंक जोड्दै उपाधी हात पारेकी हुन ।

काठमाडौं जिल्ला बुद्धिचाल संघद्वारा आयोजित प्रतियोगितामा काठमाडौंकी सिन्दिरा  जोशी ६ अंकसाथ दोश्रो तथा धनुषाकी स्नेहा यादव ५.५ अंकसाथ तेश्रो भएका छन भने  काठमाडौंकी आभा पुडासैनी चौथो तथा मिसन युथ क्लबकी सन्तोषी विक पाँचौं स्थानमा रहेका थिए  ।

आभा पुडासैनी (बुढानिलकण्ठ १२ )

शीर्ष पाँच स्थान हात पार्ने खेलाडीले क्रमशः २५ हजार, १५ हजार, ८ हजार, ६ हजार र ४ हजार नगद पुरस्कार हात पारे । विजेतालाई संघीय सांसद् एवं नेपाल ओलम्पिक अध्यक्ष जीवनराम श्रेष्ठ लगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । तीनदिने प्रतियोगितामा ३९ खेलाडी सहभागी थिए ।

तपाइँको प्रतिक्रिया ।