चम्पादेवी गाउँपालिकाको गाउँसभा स्थगित
कपन अनलाइन
ओखलढुंगा ,फागुन २६ ।
चम्पादेवी गाउँपालिकाले गाउँसभा लगायतका पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेको छ । यस अघि चैत ३ गते तय भएको गाउँसभा कोरोना भाइरस संक्रमणलाई ध्यान दिँदै स्थगित गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाले अर्को सूचना जारी नभएसम्म गाउँसभालगायतका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।
एक सूचना जारी गर्दै गाउँपालिकाले कोरोना भाइरसको संक्रमणको कारण देखा पर्ने लक्षणहरुसँग मिल्दोजुल्दो संकेतहरु देखा परेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी स्वास्थ्यकर्मीको परामर्शमा आवश्यक स्वास्थ्य परीक्षण तथा उपचारको लागि तोकिएको स्थानमा जान गाउँ पालिका वासीलाई अनुरोध गरेको छ ।
त्यस्तै हालसालै वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुले अनिवार्य रुपमा नजिकको स्वास्थ्य संस्थामा परीक्षणका लागि सम्पर्क गर्न समेत गाउँपालिकाले अनुरोध गरेको छ ।