शिवरात्री !
कपन अनलाइन
काठमाडौं, फागुन २५/ सुमीत्रा श्रेष्ठ
शीवको जन्मोत्सव भन्दै तान्छौ गाँजा
भाङ धतुरो पाएँ चरेस बिक्री गर्छन् आज ।
नाङ्गो बाबा सान बढाउँदै गर्न थाले राज
दर्शन गर्न मन्दिर जान साह्रै हुने लाज ।।१।।
खाउँ खाउँ प्रसादी भन्दै दिन्छन् लड्डु
भाङ मिसाको लड्डु खुवाउने मेरो साथी छट्टु
रमाइलो गर्न भनी गर्न हुन्न ठट्टा
दुर्घटना हुन सक्छ ठट्टाको सट्टा ।।२।।
जोगी भेष गरी अनेक मनका आउँछन्
हात हेरुँ ग्रह काटु भनी भ्रम फैलाउँछन् ।
दिदी बहिनी मन्दिर जाँदा नलगाउँनु सुन
सफा मनले जल चढाए पुग्छ भक्त हुन ।।३।।
भिडभाडमा नलैजाऊ साना बच्चाहरु
घरमै बसी शिवजी नाम जपौ बरु ।
आफ्नो सामान बच्चाहरुको आफैख्याल राखौ
शिवभक्त बन्ने नाउँमा अलपत्र नपारौ ।।४।।
शिव शंकर भाले बाबा पशुपतिनाथ
हाम्रा मनमा बास गरी बस्नु सधैँ साथ ।
ज्ञान बुद्धि बरदान दिनु अज्ञानीहरुलाई
सत्कर्ममा लगाइदिनु कुविचार हटाई ।।५।।