काठमाडौं महानगरभित्रका विद्यालयमा कक्षा ८ को परीक्षा आउँदो २८ गतेदेखि

काठमाडौं महानगरभित्रका विद्यालयमा कक्षा ८ को परीक्षा आउँदो २८ गतेदेखि

कपन अनलाइन

काठमाडौं ,फागुन २२। काठमाण्डाै महानगरपालिकाभित्रका विद्यालयमा कक्षा ८ को जिल्लास्तरीय परीक्षा आउँदो २८ गतेदेखि चैत ५ गतेसम्म हुने भएको छ ।

कोरोना भाइरसको जोखिम बढेकाले कक्षा ८ को परीक्षा आउँदो २८ गतेदेखि नै सुरु गर्न शिक्षा विभागले निर्देशन दिएको हो । शिक्षा विभाग काठमाण्डाैले बुधबार विज्ञप्ति निकालेर फागुन २८ देखि नै परीक्षा गर्न नर्देशन दिएको हो । परीक्षा बिहान ११ बजेदेखि हुनेछ ।

 

तपाइँको प्रतिक्रिया ।