बुढानीलकण्ठ नगरपालिका – ५ का जेष्ठ नागरिकका लागि भ्रमणको तयारी हुँदै
कपन अनलाइन
काठमाडौं ,फागुन १६। बुढानीलकण्ठ नगरपालिका वडा नं ५ का जेष्ठ नागरिकहरुका लागि तीन दिने भ्रमण आयोजनाको तयारी गरिँदै छ। बुनपा ५ भित्रका सबै जेष्ठ नागरिकहरुका लागि आ.व ७६/७७ को योजना तर्जुुमा गरिए अनुरुप सो भ्रमणको आयोजना गरिन लागिएको हो। बुनपा ५ वडाकार्यालयमा आज एक औपचारिक कार्यक्रम जेष्ठ नागरिकहरुको उपस्थितिमा भ्रमण कार्यक्रमको विषयमा जानकारी तथा छलफल गरिएको थियो।
कार्यक्रममा भ्रमणको विषयमा जानकारी प्रदान गर्दैगर्दा बुनपा वडा नं ५ का वडाध्यक्ष विजय तामाङ्गले भ्रमणको शुरुवात चितवनमा रहेको नेपालका विभिन्न प्रशिद्ध तिर्थ स्थलहरुमध्येको देवघाट पहिलो भ्रमण स्थल रहने बताए । देवघाटमा दर्शनपश्चात् नवलपरासीमा केहि वर्षयता मात्रै निर्मित सिजी धामको अवलोकन गरि लुम्बिनी प्रस्थान गर्ने अहिलेको पूर्व तयारी रहेको वडाध्यक्षले आफ्नो मन्तब्य मार्फत जानकारी दिएका थिए ।
भ्रमण यात्राका क्रमका लागि वडा समितिद्वारा विभिन्न किसिमका अन्य तयारीहरु समेत गरिरहेको जानकारी वडाध्यक्षले आफ्नो मन्तव्य मार्फत जानकारी दिए । जेष्ठ नागरिकहरुको भ्रमण रहेका कारण उनिहरुको स्वास्थ्यको समेत विशेष ध्यान दिनुपर्ने हेतुले सोहि वडाका शहरी स्वास्थ्य केन्द्रका स्वयंसवकहरु समेत उक्त भ्रमणको अवधि भर साथमा रहने तथा कुनै पनि समस्या रहेमा तत्पर सहयोग प्रदान गर्ने बताए ।
स्वयंसेवीकाहरु मध्येकले डाँडागाउँ, माथिल्लो तथा तल्लो चिसिनी, दुलाल टोल, टुसाल, देउला टोल गरि वडाभित्रका हरेक स्थानहरुबाट भ्रमणमा सहभागिहरुका लागि दिने सेवा स्वरुप कार्य विभाजन समेत भएको हुँदा हरेकलाई निर्धक्क भई भ्रमणमा सहभागी हुन वडाध्यक्षले बताए । तीन दिनका लागि आयोजना हुने भनिएको उक्त भ्रमण कार्यक्रमको मिति वडा समितिद्वारा चाँडैनै निर्णय गरिने समेत उनले जाकारी दिए ।
उक्त छलफल कार्यक्रमका प्रमुख अतिथी बुनपा ५ का वडा अध्यक्ष विजय तामाङ्ग, रहेका थिए भने, अतिथिहरुमा, वडाका सदस्यहरु बद्रि दुलाल, श्यामकृष्ण ठकुरी, महिला सदस्य हेप्शिवा तामाङ्ग रहेका थिए भने बूनपा पञ्जिकरण शाखाका प्रमुख, महिला तथा बालबालिका शाखका प्रमुख, बुनपा वडा ५ का जेष्ठ नागरिक समुहका अध्यक्ष तथा सचिव, विष्णुमति शहरी स्वास्थ्य केन्द्रका प्रमुखलाई आमन्त्रित गरिएको थियो।
फोटो सौजन्य : बिएसजी