बुढानिलकण्ठ-१२ नवदुर्गा मन्दिर बाट सेतो माइक्रोवस सेवा शुरु

कपन अनलाइन 

काठमाडौं ,फागुन १६ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को नवदुर्गा मन्दिर बाट सेतो माइक्रोवस सेवा शुरु भएको छ।

बुनपा १२ का वडा अध्यक्ष सम्भु भट्टराइले उद्घाटन गरेको सो माइक्रो बस सेवाको सुभारम्भमा  स्थानीय,जनाप्रतिनिधि, व्यावसायिक समितिका प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो।

कपन भेगका जनतालाई मात्र नभई दुर्गा मन्दिर, मिलन चोक, गोपिकृष्ण, चावहिल, मित्रपार्क, सिफल, कालोपुल, दरवारमार्क, जमल,भगवतिवहाल, रत्नपार्कका जनतालाई सेवा पुर्‍याउने हेतुले माइक्रो सन्चालन शुरु गरेको व्यावसायिक समितिका अध्यक्ष दिपक राणाले बताएका छन।

अध्यक्ष भट्टराईले पहिला सन्चालन भएका माइक्रोको भन्दा फरक र पार्दर्शी ढंग बाट जनतालाई सेवा उपलब्ध गराउन माइक्रो सन्चालन समितिलाई अग्रह गर्दै माइक्रो बस सेवा  सुभारम्भ भएको घोषणा गरेका थिए ।

सो स्थानमा १० वटा माइक्रो सान्चालनमा रहेको र प्रत्येक  ७ मिनेटको अन्तरमा छुटि पेसेन्जरको सेवामा हरपल अहोरात्र खट्ने कुरा एक माइक्रो ड्राइभरले बताएका छन ।

यस क्षेत्रमा पहिला संचालनमा रहेको निलो माइक्रो वासको लापरवाहीपूर्ण  र कमसल सेवा बाट मुक्त भएकोमा खुसि व्यक्त गर्दै नया सेवाको पनि स्थानीय सरकारले नियमित अनुगमन गर्नु पर्ने एक यात्रीले कपन अनलाइनलाई बताएका छन।
माइक्रोवास बसको रुट र भाडा दर :

 

 

तपाइँको प्रतिक्रिया ।